शेयरबजारमा उछालिएका आधादर्जन लघुवित्त कम्पनीको कारोबार एक्कासी किन रोकियो ?

Jan 25, 2016 Mero Lagani

शेयर बजारले थप उचाई र नयाँ नयाँ रेकर्ड बनाईरहेको बेलामा पछिल्लो बेला नेपाल स्टक एक्सचेञ्जले बजारमा आफ्नो निगरानी बढाएको छ । अस्वभाविक रुपमा बजारमा मूल्य बढेको भन्दै नेप्सेले सोमबार झण्डै आधादर्जन कम्पनीको कारोबार रोक्का गरेको छ ।

सोमबार कारोबार रोक्का हुने कम्पनीमा सबै लघुवित्त कम्पनीहरु रहेका छन् । यी कप्पनीहरुको पछिल्ला केहिहप्ता यतादेखि शेयरमुल्य निरन्तर बढ्ने क्रममा रहेको छ । कारोबार संख्या र कारोबार रकमको अनुपातमा सेयर मूल्य उच्च रुपमा बढेको भन्दै नेप्सेले ती कम्पनीहरुको कारोबारमा रोक लगाएको छ ।

 

सोमबार लक्ष्मी लघुवित्त, नागबेली लघुवित्त, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, समिट माइक्रो फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायतका कम्पनीको कारोबार रोक्का गरेको हो । शेयर बजारमा यी कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै छानबिनका लागि कारोबार रोक्का भएको नेप्सेका सहप्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

यी कम्पनीहरुको कारोबार भएको अनुपातमा शेयरमूल्य वृद्धिदर उच्च भएपछि नेप्सेले छानबिनको दायरामा ल्याएको हो ।

गत बुधबार नेप्सेले सुभेच्छा विकास बैंक र फर्स्ट माइक्रोफाइनान्सको कारोबार रोक्का गरेको थियो । डिम्याट भएका सेयर संख्याको अनुपातमा कारोबार धेरै भएकाले फर्स्ट माइक्रोफाइनान्सको पनि कारोबार रोकिएको हो ।

.....................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।