खराब कर्जाले थलिएको ग्राण्ड बैंक अन्ततः यसरी भयो प्रभुमा विलिन

Feb 11, 2016 Mero Lagani

प्रभु बैंक (PRVU) सँग मर्जर प्रक्रिया पुरा भएपछि नेपालको बैंकिङ् क्षेत्रमा ग्राण्ड बैंक इतिहासमा मात्र समेटीने भएको छ । प्रभु बैंकसँग मर्जर प्रक्रिया पुरा गरेर माघ २९ गतेबाट एकिकृत कारोबार सुरु भएपछि ग्राण्ड बैंकको नाम मेटिएको हो । विकास बैंक बाट स्तरोन्नती हुँदै वाणिज्य बैंकमा रुपान्तरण भएको वाणिज्य बैंक अन्तत् खराबकर्जाले थलिएपछि प्रभुसँग विलिन हुन पुगको हो । पछिल्लो समयमा राष्ट्र बैंकको पूँजीवृद्धिको नीतिले पनि मर्जरमा जाने बाध्यता आईलागेपछि ग्राण्ड बैंक अब इतिहासमा सिमित बनेको छ ।

१६ करोड रुपैया पूँजी लिएर करिब पन्ध्रबर्ष अगाडि अर्थात सन् २००१ मा स्थापना भएको बैंकले तत्कालीन डेभलपमेन्ट क्रेडिट विकास बैंक (डिसीबिएल) नामबाट कारोबार थालेको थियो ।

११ करोड २० लाख रुपैया संस्थापकबाट र ४ करोड ८० लाख रुपैया सर्वसाधरणबाट रकम उठाएर डिसीबिएल बैंक संचालनमा आएको थियो । सन् २००८ को मे महिनाबाट आफ्नो कारोबार विस्तार गर्दै वाणिज्य बैंकमा स्तोरोन्नति भएको थियो । व्यवसायि बैंकर, उद्योगपतिहरु, कर्मचारीहरु करिअर डिप्लोम्याटहरुको समुह मिलेर उत्त समयमा डिसीबिएललाई ग्राण्ड बैंक नेपालमा स्तरोन्नती गरेका थिए ।

काठमाडौको कमलादी स्थित काठमाडौ प्लाजाको पहिलो तल्लामा मुख्य कार्यालय रहेको ग्राण्ड बैंकले आफ्नै लगानीमा कमलादीको गणेशथानको उत्तरतर्फ सुविधा सम्पन्न भवन निर्माण गरी सन् २०१४ को सेप्टेम्बरदेखि आफ्नो मुख्य कार्यालय स्थानन्तरण गरेको थियो ।

करिब डेढ दशकको अवधिमा वाणिज्य बैंकहरुका बीचमा एउटा स्थापीत नाम बनाएको ग्राण्ड बैंक अन्तत् खराबकर्जाले थलिए पछि प्रभुको शरण लिन बाध्य भयो । अर्कातर्फ चालु आर्थिक बर्षको मौद्र्रिक नीतिमा आगामी २ बर्ष भित्रमा आठ अर्ब चुक्तापूँजी पुर्याउनै पर्ने व्यवस्था भएपश्चात ग्राण्डलाई मर्जमा जान बाध्यता समेत आइलाग्यो ।

१४ वर्ष ग्राण्ड बैंकको प्रमुख कार्याकारी अधिकृत भएर काम गरेका सुधिरबाबु खत्रीले डिसिविएल देखि ग्राण्ड बैंक विस्तारसम्म लागि उल्लेख काम गरेका थिए । तर पछिल्लो समयमा बैंक विवादित बन्दै गएपछि उनले सन् २०१४ मा प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा दिएका थिए । त्यसपछि पशुराम कुँवर क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा ल्याईएको थियो । क्षेत्रीले चालेको बैंक सुधार योजनामा बैंकका प्रोमोटर र कर्मचारीहरुले सहयोग नगरेपछि क्षेत्रीले पनि बीचमै बैंक छाडे ।

क्षेत्रीले ग्राण्डका ऋणीहरुको धितो लिलाम सूचना निकाल्ने, लिलाम गर्ने, लिलाम नभएको सम्पति गैर बैंकिङ सम्पतिको रुपमा आफैले सकार्ने र त्यसपछि नाम र ब्राण्ड परिवर्तन गर्ने, हकप्रद जारी गरेर पूँजी बढाई सबल बैंकको रुपमा अगाडि जाने वा मर्जमा जाने विकल्प अघि सारेका थिए । क्षेत्रीको यो कदम असफल भई उनले राजीनामा दिएपछि ग्राण्डको सुधार योजना झनै अस्तब्यस्त बनेको थियो ।

आर्थिक वर्ष २०७०/०७१ मा बैंक प्रोभिजनिङका कारण १ अर्ब ६० करोड रुपैयाँले घाटामा गएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेको थियो । बैंकका ४२ जना ठूला ऋणीहरुले ऋण नतिर्दा बैंकको घाटा बढेर साढे दुई अर्ब सम्म पुगेका थियो । एक समयमा बैंकको खराब कर्जा ३६ प्रतिशतको हाराहारीमा पुगेको थियो भने जगेडाकोष समेत एक अर्ब बढिले ऋणात्मक बनेको थियो ।

चुक्ता पुँजी २ अर्व तथा जारी पुँजी २ अर्व रुपैया गरी बैंकको अहिले अधिकृत पुँजी ४ अर्व रुपैया रहेको बैंकको शेयर संरचनामा संस्थापकको ५१ प्रतिशत तथा सर्वसाधरणको ४९ प्रतिशत स्वामित्व रहेको छ ।

प्रभुसँग मर्ज

बैंकको खस्कदो आर्थिक अवस्था र राष्ट्र बैंकको पछिल्लो नीतिले मर्जरमा जानै पर्ने बाध्यता आईलागेपछि गत वर्षको माघ १६ गते ग्राण्डले प्रभुमा विलय हुने सम्झौता गरेको थियो । तर गत अशोजमा मर्जरको प्रकृयामा आउन दुवै बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएपछि एक्विजिसन सम्झौता मर्जरमा बदलिएको थियो । एक्विजिसनमा जाने सम्झौता गरेको झण्डै ९ महिना पछि फेरी मर्जर प्रकृयामा गएर अन्तत माघ २९ गते शुक्रबारबाट प्रभु र ग्राण्डाको एकिकृत कारोबार शुरु भएको हो ।

प्रभु बैंकले ग्राण्ड बैंकलाई नगद नभइ शेयर दिएर खरिद गर्ने प्रकृयाको सुरुवात गरेको थियो ।पछि राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जरमा जाने भएपछि प्रभु बैंकको प्रति शेयर मूल्य १ सय २१ रुपैयाँ ४५ पैसा बराबर ग्रान्डको ६५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको थियो ।

मर्जर पश्चात प्रभु बैंकको चुक्ता पुँजी ५ अर्व ९२ करोड ८९ लाख रुपैंया पुगेको छ । मर्जर पछिको चुक्ता पुँजीमा २० प्रतिशत हकप्रद सेयर दिने निर्णय यस अघिनै प्रभु बैंकको साधारणसभाले गरि सकेको छ ।

दुई बाणिज्य बैंकको मर्ज पछि निक्षेप ५४ अर्ब नाघ्छ भने कर्जा तथा लगानी ४० अर्ब भन्दा बढि हुनेछ । अहिले प्रभुमा एक हजार ८४ जना कर्मचारी छन् भने ग्रान्डबाट २ सय २५ जना थपिएका छन् । एक्विजिशन जादा कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले पनि दुई बैंकलाई राष्ट्र बैकले मर्जरमा जान सुझाएको थियो । किनकी ग्राण्ड प्रभुमा एक्वायर हुँदा ग्राण्डका कर्मचारीलाई प्रभुले विदाई गर्न सक्थ्थो ।

काठमाण्डौ उपत्यका र बाहिर गरि ग्राण्डका २२ वटा शाखा रहेका छन् भने त्रिभुवन अन्तराष्टिय विमानस्थलमा एउटा एक्सटेन्सन काउन्टर पनि रहेको छ । मर्जपछि बैंकको शाखा र काउण्टर संख्या १ सय ३६, एटिएम संख्या १ सय २३ पुग्ने छ ।

ग्राण्ड र प्रभुले मर्जरको अन्तिम स्विकृति पाए पछि मर्जरका लागि सम्झौता गरेका र प्रकृयामा रहेका वाणिज्य बैंकको संख्या १० बाट ८ मा झरेको छ । 

 

मर्जर सकाएका प्रभु र ग्राण्ड बैंकको वित्तीय अवस्थामा यस्तो उथल पुथल

डेढ दिन सबै कारोबार बन्द गरि ग्राण्डलाई मिसाएर प्रभु बैंकले शुक्रबारदेखि एकिकृत कारोबार थाल्ने

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।