एनएलजी इन्स्योरेन्सको नाफा ५ करोड ७ लाख

Feb 18, 2016 Mero Lagani

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५ करोड ७ लाख नाफा कमाएको हो ।गतबर्षको यसैअवधिको तुलनामा कम्पनीको नाफा एक करोड ३९ लाख रुपैयाा अर्थात करिब ३९ प्रतिशतले वढी हो ।गत वर्षको सोही अवधीमा कम्पनीले जम्मा ३ करोड ६८ लाख नाफा आर्जन गरेको थियो ।

 

४० करोड ९ लाख चुक्ता पूँजी रहेको कम्पनीले ७ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । यस अबधिमा कम्पनीले २४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यसै अवधिको भन्दा झण्डै एक करोड कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस अबधिमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

कम्पनीले यस अबधिमा ७५ हजार १ सय ८९ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधिमा २ हजार १ सय ६६ वटा (संख्या) कुल दाबी भुक्तानी गरेको छ ।

एनएलजीको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा र प्रति सेयर नेटवर्थ २१४ रुपैंययाँ ५२ पैसा रहेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

comments powered by Disqus