भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थकामा पनि बैंकहरुको वासलातमा सुधार देखिएको हो । राष्ट्र बैकको सहुलियतका कारण पनि नाफामा सुधार देखिएको हो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३० वाणिज्य बैंकले १४ अर्ब ८३ करोड ६४ लाख रुपैंया खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको दास्रो त्रैमासमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ५३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएका थिए ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० वटा वाणिज्य बैंकको चुक्ता पूँजी ९७ अर्ब २५ करोड ४२ लाख ६९ हजार रुपैंया रहेकोमा यस पटक राष्ट्र बैंकको पूँजी वृद्धि योजनाका कारण वाणिज्य बैंकहरुको चुक्ता पूँजीको आकार डेढ खर्ब रुपैंया भन्दा माथि उक्लिएको छ । जस अनुसार पुस मसान्तसम्मा ३० वाणिज्य बैंकको चुक्ता पूँजी १ खर्ब ६८ अर्ब ६० करोड ४२ लाख ९१ हजार रुपैंया पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको मुनाफा उत्साहजनक देखिएको हो । यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने जनता बैंकले सबैभन्दा कम नाफा गरेको छ ।
सबैभन्दा धेरै नबिल बैंकले एक अर्ब ३५ करोड १२ लाख रुपैंया खुद नाफा कमाउँदा जनता बैंकले १३ करोड ८० लाख रुपैयाँ मात्र नाफा कमाएको छ । यद्यपी गतबर्षको तुलनामा जनताको नाफा भने ३ करोड रुपैयाँले बढेको हो ।
भूकम्प र नाकाबन्दीका कारण नेपाल राष्ट्र बैंकले साउन मसान्तमा तिर्नुपर्ने ऋणको सावाँब्याज भुक्तानी गर्ने समय चैत मसान्तसम्मलाई बढाइदिएकाले बैंकहरूको वित्तीय विवरण उत्साहजनक देखिएको बैंकरहरू बताउँछन् ।
६ महिनामै अर्ब बढि नाफा कमाउने चार बैंक
चालु आर्थिक बर्षको पहिलो ६ महिनाको अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब रुपैयाँ भन्दा धेरै नाफा गरेका हुन् । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकमा नबिल बैक पहिलो नम्बरमा परेको छ । नबिल बैंकले यसअवधिमा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । नबिलको नाफा गत वर्षको भन्दा २४ करोड रुपैयाँले बढेको हो ।
यसपछि धेरै नाफा कमाउने वाणिज्य बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । जसले एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा दुई सरकारी बैंकले पनि एक अर्ब बढिको नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।
खुद नाफा घट्ने ७ वटा बैंक कुन् कुन् हुन् ?
३० वाणिज्य बैंकमध्ये ७ वटा बैंकको मात्रै नाफा घटेको छ । राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु र सिभिल बैंकको नाफा घटेको छ ।
यसवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब बढिले घटेको छ । गत बर्ष इन्भेष्टमेन्ट बैंकको शेयर बिक्री गरेका कारण राष्ट्रिय वाणिज्य बैंकको नाफा उच्च देखिएको थियो । कृषि विकास बैंकको १५ करोड, प्रभुको करिब १४ करोड, सिभल बैंकको २ करोड, एभरेष्ट्र बैंकको २ करोड र बैंक अफ काठमाण्डुको झण्डै १७ लाख रुपैंयाले नाफा घटेको छ ।
वाणिज्य बैंकको संख्या घट्यो, नौ वाणिज्य बैंक मर्जरमा
प्रभु बैंकसँग ग्राण्ड बैंक मर्ज भई एकिकृत कारोबार थालेपछि वाणिज्य बैंकको संख्या समेत ३० बाट घटेर २९ मा झरेको छ । अझै ९ वटा वाणिज्य बैंकहरु मर्जरकै प्रक्रियमा रहेका छन् । जनता, माछापुच्छे, एनसीसी, कुमारी, सिभिल, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डौ, लुम्बिनी र मेगा बैंक विभिन्न बैक तथा वित्तिय संस्थासँगको मर्जर प्रक्रियमा रहेका छन् । चालु आर्थिक बर्षभित्रै यी बैंकहरुको मर्जर सकिए पश्चात वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................
राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने