किन धमाधम फेरिदै छन् बैंक तथा वित्तीय संस्थाका संचालक ?

Feb 29, 2016 Mero Lagani

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको संचालक हेरफेरको क्रम बढेर गएको छ । कतिपय संस्थाहरुमा नियमित प्रक्रियाबाट अर्थात कार्यकाल सकिएपछि संचालक सदस्य र अध्यक्ष फेरिएका छन भने कतिपय संस्थाका अध्यक्षहरुले विभिन्न कारणहरु देखाउँदै बैंक छाडेपछि नयाँ अनुहारले मौका पाएका छन् । राष्ट्र बैकको पूँजीवृद्धि नीतिका कारण पनि कतिपयले भने बाध्यात्मक रुपमा पनि बैंक छाड्न परेको छ । 

कतिपय संचालक तथा अध्यक्षहरुले आफ्नो कार्यकाल पुरा भएपछि बाध्यात्मक अवस्था सृजना भएपछि बैंक छाडेका हुन भने कतिपयले व्यक्तिगत कारण देखाउँदै बैक छाडेका छन् ।  

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरु बढीका दुई कार्यकाल मात्र बस्न पाउने गरी जारी गरेको निर्देशनका कारण पनि कतिपयले भने बाध्यात्मक रुपमा बैंक छाड्नु पर्ने देखिएको छ ।

लक्ष्मी बैंक (LBL) मा शम्भुप्रसाद आचार्य

उद्यमी राजेन्द्र खेतान लक्ष्मी बैंकबाट बाहिरिएका छन् । दुई कार्यकाल अर्थात ८ वर्षसम्म अध्यक्ष भएका खेतानले अध्यक्ष छाडेपछि बैंकमा शम्भुप्रसाद आचार्य नयाँ अध्यक्ष नियुत्त भएका छन् । फागुन १४ गतेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा शम्भुप्रसाद आचार्यलाई चयन गरेको हो । खेतानको कार्यकाल पुरा भएपछि आर्चाय नयाँ अध्यक्ष नियुक्त भएका हुन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरु बढीका दुई कार्यकाल मात्र बस्न पाउने गरी जारी गरेको निर्देशनको पालना गर्दै खेतान सञ्चालक समितिबाट वाहिरीएको बताइएको छ ।

मेगा बैंक (MEGA) मा भोज बहादुर शाह

मेगा बैंकका तत्कालीन अध्यक्ष प्रा.डा. मदन कुमार दाहालले आफ्नो कार्यकालको समयाअवधि छदै अध्यक्ष पदबाट राजीनामा दिएपछि मेगा बैंकमा पनि नयाँ अध्यक्ष पाएको छ । मेगा बैंकको अध्यक्षमा भोज बहादुर शाह आएका छन् । बैंक संचालक समितिको १४३ औ बोर्ड बैठकले शाहलाई अध्यक्षमा नियुत्त गरेको हो ।

 

कुमारी बैंक (KBL) सन्तोष कुमार लामा 

कुमारी बैंकका तत्कालीन अध्यक्ष नूर प्रताप राणाले बैंकको अध्यक्ष पदबाट राजीनामा दिएपछि कुमारी बैंकले पनि नयाँ अध्यक्ष पाएको छ । राणाले पनि आफ्नो समयवधि नपुग्दै राजीनामा दिएका थिए । व्यत्तीगत ब्यस्तताका कारण बैंकलाई समय दिन नसक्ने हुँदा राजीनामा दिएको राणाले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका थिए । राणाको राजीनामा पछि कुमारी बैंकको अध्यक्षमा संस्थापक समूहबाट सन्तोष कुमार लामा नियुत्त भएका छन् ।

 


फेवा विकास बैंक (FBBL) मा रामभत्त रञ्जित

बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि फेवा विकास बैंकले नयाँ अध्यक्ष छानेको छ । बैकले तत्कालिन अध्यक्ष जगन गुरुङलाई हटाएर रामभत्त रञ्जितलाई बैंक संचालक समितिको अध्यक्षमा नियुत्त गरेको हो । बैंकको १६४ औ बोर्ड बैठकले बैंक संचालक समितिका सदस्य रामभत्त रञ्जितलाइ अध्यक्ष चयन गरेको हो ।

सेञ्चुरी बैंक (CCBL) मा राजेशकुमार श्रेष्ठ

सेञ्चुरी कमर्सियल बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठ भएका छन् । फागुन १३ गते बसेको बैंक सञ्चालक समितिले श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअधि बैंकमा डा. प्रफुल्ल कुमार काफ्ले बैकको अध्यक्ष थिए ।

 

................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................ 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।