योजनाबद्ध रुपमा मूल्य बढाईएको अपीको शेयर किनेर हकप्रदको हल्लामा नफस्नुहोस् , यस्तो छ वास्तविकता

Mar 14, 2016 Merolagani

नयाँ आयोजनाको हल्ला चलाएर अपी हाईड्रो (API)को शेयर  मूल्य  बढाईएको छ । आईतबारको कारोबारमा अपीमा लगानी गर्ने समूहले लगानी गरेका अन्य कम्पनीको मूल्य पनि अर्थपूर्ण रुपमा बढाईएको छ ।  नयाँ आयोजना निर्माण गर्दा अलग्गै सहायक कम्पनी बनाएर पूँजी संकलन गर्नुपर्नेमा अपीका प्रबद्र्धकहरुले नयाँ आयोजना सर्बेक्षणको लाईसेन्स प्राप्त गरेको र त्यसका लागि हकप्रद शेयर निश्काशन हुने भन्दै अपीको शेयर मूल्य आकाशमा पुर्याएका छन् । 

 यस कम्पनीको शेयर मूल्य पछिल्ला दिनहरुमा दैनिक १० प्रतिशतले बढ्दै आएको छ तर कम्पनीको बित्तीय अबस्थाले यसलाई आधार दिदैन ।


अपीले आईतबार नै दुईसय प्रतिशत हकप्रद जारी गर्ने निर्णयसहित बिशेष साधारणसभा बोलाएपछि लगानीकर्तालाई हकप्रदको हल्लाले आकर्षित गरेको छ तर यो कम्पनी कस्तो हो र अहिले महंगो मूल्यमा यसको शेयर किनेर हकप्रद भर्दा भोलिको हालत के होला भन्ने तर्फ बिचार गर्नु निकै महत्वपूर्ण छ । अपीको शेयर मूल्य देखि चार सय रुपैयाँसम्मको रेन्जमा रहँदा किनिएका ठूलो परिमाणका शेयरहरु अहिले मुल्य बढाईएको समयमा चलाखीपूर्ण रुपमा बेचिदै छ भन्ने जानकारी आएको छ । 

 जानकारहरु भन्छन् -जसरी अरुण भ्याली हाइृड्रोमा हकप्रदको हल्ला चलाएर शेयर मूल्य ७०० रुपैयाँको हाराहारीमा पुर्याईयो र प्रबद्र्धकहरुले सस्तोमा किनेको शेयर महंगोमा बेचेर बाहिरिए ।  त्यही खेल यहाँ खेल्न खोजिएको छ । अरुण भ्यालीमा महंगो मूल्यमा शेयर किनेर फसेका सोझा लगानीकर्ताहरु अझै उठ्न नसकिरहेको अबस्थामा फेरि त्यही समुहले प्रबद्र्धन गरेको अपीमा अर्को शिकार बनाईदैछ । अर्को महत्वपूर्ण कुरा के हो भने अपीको एक अर्बको शेयरमा त्यसको ७० प्रतिशत हिस्सा संस्थापकको रहेको अबस्थामा संस्थापकहरुले शेयर वापतको रकम हाल्ने स्रोत के हो ? 

 नोट: अहिले कम्पनीको मुल्य आम्दानी अनुपात ८८९.२९ गुणा रहेको छ ।

अहिले एक अर्ब चुक्ता पूँजी हुँदा त अपीको यो हालत छ भने अरु दुई सय प्रतिशत हकप्रद बेचेर तीन अर्ब चुक्ता पूँजी पुर्याउँदा प्रतिशेयर आम्दानी कति होला र कति बर्षमा लाभांश पाईएला ? गंभीर हुनुपर्ने कुरा छ । 

चुक्ताँ पुँजी १ अर्व रहेको कम्पनीको जगेडाकोष ५२ लाख रुपैयाँले नकारात्मक छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको चुक्ताँ पूजी ६० करोड र जगेडाकोष ९७ लाख रुपैयाँले नकारात्मक थियो । गत आर्थिक वर्षको अन्त्यमा कम्पनीले ३० लाख कित्ता साधारण शेयर निष्काशन गरी शेयर पूजी वद्धि गरेको थियो । ७६ करोड त दीर्घकालीन कर्जा नै तिर्न बाँकी छ । 

यसरी बढाईएको छ अपीको शेयर मूल्य

कम्पनीको साधारण शेयर निष्काशन हुनु पहिले गत पुष मसान्तमा प्रतिशेयर आम्दानी ४६ पैसा नकारात्मक रहेकोमा यसपटक सामान्य सुधार भइ ८४ पैसामा पुगेको छ । प्रतिशेयर मुल्य ४ सय ८० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ४८ पैसा रहेको छ । 

कम्पनीले आगामी दिनमा राम्रै प्रगति गर्ला भनेर चित्त बुझाउने हो भने पनि उसकै बित्तीय बिबरणले निराशा मात्र देखाउँछ । कम्पनीको दोस्रो त्रैमासको बित्तीय बिबरण हेर्ने हो भने उसको मूल्य आम्दानी अनुपात ४६४ गुणा भन्दा बढी छ जुन १५ भन्दा कम भएको राम्रो हो । यसरी कम्तिमा दुई बर्ष लगानीकर्तालाई केही पनि बाड्न नसक्ने कम्पनीको शेयर मूल्य दैनिक १० प्रतिशतले बढेर किन्दा तपाईलाई कति फाईदा हुन्छ ? हकप्रद नै भर्नुभयो भने पनि तपाईको शेयर मूल्य कति पर्ला ?  देशलाई जलविद्युतको खाँचो छ । यसमा लगानी गर्नुपर्छ, नाफा घाटा हेर्दिन भन्ने सोचाई राख्ने लगानीकर्ताहरुको हकमा भने केही भन्न सकिन्न । 

के भन्छ कम्पनी ?

अपी पावरले आफ्ना सहायक कम्पनीहरु मार्फत बन्ने आयोजनाहरुमा लगानी गर्न हकप्रद मार्फत पूँजी संकलन प्रक्रिया अगाडि बढाइएको जनाएको छ । अपीका संचालक संजीव न्यौपानेले मेरोलगानीडटकमसँग कुरा गर्दै कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुमा ईक्विटी बढाउन पूँजी थपको निर्णय गरिएको भन्दै शेयर बजारमा शेयर मुल्य बढ्नुमा आफ्नो कुनै भुमिका नभएको दावी गर्नुभयो । उहाँले कम्पनीको बित्तीय अबस्था सुधारउन्मुख रहेको भन्दै आगामी असारसम्ममा कम्पनी लाभांश बाड्नसक्ने गरी नाफामा जाने दावी पनि गर्नुभयो । अर्को आयोजना निर्माण र सहायक कम्पनीहरुमा लगानी गर्न हकप्रद जारी गर्न नपाउने भन्ने धितोपत्र बोर्डको भनाई आएको सन्दर्भमा उहाँले बोर्डबाट आफ्नो कम्पनीको हकप्रदको योजना अगाडि बढाउँन स्वीकृति प्राप्त हुने आशा ब्यक्त गर्नुभयो ।

 

यो पनि पढ्नुहोस् ।

 

अपि पावर कम्पनीले दुईसय प्रतिशत हकप्रद शेयर जारी गर्ने

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजनाको विद्युत सर्वेक्षण गर्ने

अपीको दोस्रो त्रैमासिक बित्तीय बिबरण यस्तो छ

अपिको शेयरमा खरिदकर्ताको चाप, कारोबार खुलेको पहिलो दिनमै ग्रामिण विकास बैंकको मूल्य दश प्रतिशतले बढ्यो

अपि पावरको शेयर कारोबार सुरु, प्राइस रेञ्ज १ सय देखि ३ सय १ रुपैंया तोकियो

अपी हाइड्रोको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकरण, छठपछि कारोबारमा आउने

अपि हाइड्रोको शेयर बाँडफाँड, एक लाख ४८ हजार ६१६ जना बने शेयरधनी

अपि हाइड्रोमा स्थानीयवासीको अवरोध

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।