मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा कति पर्यो आवेदन ?

Mar 16, 2016 Mero Lagani



मेरो माइक्रोफाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण शेयरका लागि झण्डै १ लाख ६१ हजार आवेदन मार्फत ११ अर्ब ६६ करोड ६७ लाख रुपैंयाको आवेदन परेको छ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार शेयर निष्काशन बन्द हुने दिन सोमबार मात्रै ५ अर्व ७७ करोड १५ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त दिन ७५ हजार ४ सय ६ वटा आवेदन मार्फत ५ अर्व ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।

६ लाख १२ हजार कित्ता बराबरको ६ करोड १२ लाख रुपैंयाको शेयरका लागि निष्काशन बन्द भएको दिनसम्ममा परेको रकम १ सय ९१ गुणा बढी हो । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परासमणि ढकालले मेरो लगानीसंग कुरा गर्दै भने ‘हामीले सबै तथ्यांक संकलन गरिसकेका छौं, चेक क्लियरिंगका दौरान यो संख्यामा केही मात्रामा घटबढ हुन सक्छ ।’


साधारण शेयर निष्काशन पश्चात मेरो माइक्रोफाइनान्सको चुक्ताँ पूजी १३ करोड ८८ लाख रुपैयाँबाट बढेर २० करोड रुपैयाँ पुग्नेछ ।

यसरी गरे सर्वसाधारणले मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन (फोटो फिचर सहित)

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।