नयाँ जीवन प्राप्त गरेको घोषणा : नेशनल हाईड्रो, बिशेष साधारणसभा

Mar 21, 2016 Parmeshwor Adhikari

- परमेश्वर अधिकारी

समस्याग्रस्त अवस्थाबाट सुधारिने क्रममा रहेको नेशनल हाइड्रो (NHPC) ले विशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले नयाँ जीवन पाएको उद्घोष गरेका सञ्चालकहरुले सञ्चालक समितिमा रहेको विवादलाई सुल्झाएर अरु विषयलाई पारित गर्दै नयाँ शिरामा कम्पनी अघि बढ्ने दाबी गरेका छन् । 

विशेष साधारण सभामा विवादमा रहेका एनबी समुह र निर्मल प्रधानका तर्फबाट नै कम्पनी सुधारिएको र भविष्यमा यसले राम्रो प्रगति गर्ने बताएका हुन् ।

छुट्टा छुट्टै सञ्चालक समिति गठन गरेका कारण उत्पन्न विवादको समाधान भएसंगै निलम्बनमा परेका सञ्चालक दिपक कार्कीलाई मञ्चमा बोलाए पछि सम्भावित विवाद देखिएन । साधारणसभालाई सम्बोधन गर्दै निर्मल प्रधानले कम्पनीमा देखिएको विवाद समाधान भएको बताए । ‘अब कम्पनी उन्नति पथमा लम्किन्छ, अहिलेसम्म लगानीकर्ताले लाभांस खान पाएका छैनन्, अबको लक्ष्य लाभांस बितरण गराउने गरि कम्पनी अघि बढ्नु पर्छ’ प्रधानले भने । उनले अनुसन्धान समितिले तयार गरेको प्रतिवेदन अनुसार तत्कालिन सञ्चालकहरुबाट भएको अनियमितता असुल हुनेमा आफु निर्धक्क रहेको बताए । वर्तमान सञ्चालक समिति पारदर्शी भएका कारण पनि अब कुनै किसिमका समस्या नआउने उनको विश्वास थियो ।

सञ्चालक समितिका अध्यक्ष कुमार पाण्डेले सञ्चालक समितिमा रहेको विवाद अन्त्य भएको र सञ्चालक समिति विरूद्ध अदालतमा परेका मुद्दा फिर्ता लिएर अघि बढ्ने काम हुने बताए । ‘विगतमा देखिएका विवाद सकिए पछि अब लगानीकर्ता अन्यौलतामा बस्नु पर्ने अवस्था छैन । कम्पनीले अब गर्ने कामहरुबाट लगानीकर्ताले धेरै अपेक्षा सक्ने अवस्था निकट भविष्यमै बन्छ’ अध्यक्ष पाण्डेले भने ।

६ वर्षदेखि लेखा परिक्षण नभएको अवस्थालाई अन्त्य गर्न साधारण सभाले २ जना लेखा परिक्षक समेत नियुक्त गरेको छ । सबै वित्तीय अवस्था सुधार हुने भन्दै हाइड्रोका संस्थापक जीतबहादुर श्रेष्ठले भने ‘१० वर्षमा संस्थापकको हालीमुहाली थियो, यसले निम्तिएको प्रधान जीसंगको विवाद अब सकिएको छ । अब लगानीकर्ताले प्रतिफल पाउने दिन आएको छ ।’

नेशनल हाईड्रोमा केही ठूला र संस्थागत लगानीकर्ताको समेत प्रबेश भएकाले अबका दिनहरु उत्साहबद्र्धक हुने अपेक्षा साधारण सभामा सहभागि साना लगानीकर्ताहरुको छ ।

नक्साल ब्यांकेटमा बिहान ११ बजे सुरु भएको बिशेष साधारणसभामा विगत ६ बर्षदेखि बक्यौता रहेको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने, बिगतमा भएका बदमासीहरुको फेहरिस्तसहितको छानविन प्रतिबेदन सार्वजनिक गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने लगायतका बिबिध प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् ।

बिगतमा जगेडा कोष समेत ऋणात्मक भएको, नबिल बैंकबाट आयोजना निर्माण गर्दा लिएको करोडौ कर्जा बाँकी रहेको र संस्थागत सुशासनको कमीले छिन्नभिन्न अबस्थामा पुगेको कम्पनी आज सबै कर्जा चुक्ता गरेर ऋणमुक्त हुनुका साथै जगेडा कोषमा ३९ करोड रुपैयाँ बचतको अबस्थामा पुगेको छ ।

एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको कम्पनी अहिले नै १० प्रतिशत लाभांश दिनसक्ने अबस्थामा पुगेको आँकलन गरिएको छ तर नियमित साधारणसभा नभएसम्म यो आश मात्रै हो । कम्पनीको बित्तीय अबस्थाको बिलेषण गर्दा प्रति शेयर आम्दानी ८, मूल्य आम्दानी अनुपात २५.६० , प्रति शेयर नेटवर्थ १२६ हुनु निकै उत्साहजनक छ । त्यसमाथि हाल बिद्युत उत्पादन गरिरहेको ७।५ मेगावाट आयोजनाको नेपाल सरकारलाई हस्तान्तरण गर्ने अबधि ४५ बर्ष रहेकोले लामो समयसम्म प्रतिफल दिईरहनसक्छ ।

साढे ४ मेगावाटको तल्लो ईन्द्रावति बनाउने क्रममा आफ्नो तर्फबाट लगानी गरिएको ६० करोड डुबेको , तीन वटा बैंकबाट लिईएको झण्डै २० करोड कर्जाको भारी बोक्न पर्नुका साथै सो आयोजनाको लाईसेन्स समेत खारेज भएको अबस्था भएपनि नेशनल हाईड्रोका अबका दिनहरु सुखद हुने कम्पनी संचालकहरुको भनाई छ । नेशनल हाईड्रोमा केही ठूला र संस्थागत लगानीकर्ताको समेत प्रबेश भएकाले अबका दिनहरु उत्साहबद्र्धक हुने अपेक्षा साना लगानीकर्ताहरुको छ । 

तल्लो इृन्द्रावति निर्माणका क्रममा खरिद गरिएका सम्पतिहरु आफ्नो स्वामित्वमा ल्याईने, फेरि लाईसेन्स प्राप्त गरी तल्लो इृन्द्रावतिको आधा काम सकेर आयोजना पुरा गर्ने र भोजपुरमा १० मेगावाटको नयाँ आयोजनाको काम सुरु गरिसकिएकोले कम्पनीले आगामी दिनमा राम्रो प्रगति गर्नसक्ने संचालकहरु बताउँछन् । अहिले जगेडा कोषमा रहेको रकमबाटै लगानीकर्ताले कम्तिमा १० प्रतिशत लाभांश पाउनसक्ने अबस्था रहेकाले अब नेशनल हाईड्रोमा लगानी गर्नेहरुले बिगतमा शेयर बेचेर भाग्नुपरे जस्तो अबस्था नआउने दाबी सञ्चालकहरुको छ ।

तल्लो ईन्द्रावति आयोजना नेशनल हाईड्रोकै क्यास्केट आयोजना भएकाले अरुले त्यसमा हात हाल्नै नसक्ने र आफ्नो कम्पनीकै हातमा आयोजना पर्नेमा सञ्चालकहरु ढुक्क देखिएका छन् ।
नेशनल हाइृड्रोको ६ बर्षको बक्यौता लेखापरीक्षण गरेपछि कम्पनीको वास्तविक बित्तीय अबस्था, लगानीकर्ताले कति लाभांश पाउने भन्ने कुरा स्पष्ट हुने र नियमित साधारणसभा आयोजना गरेर सबै लगानीकर्ताहरुमा खुशीको संचार गर्ने योजना रहेको संचालकहरुको भनाई छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।