हामीले स्टक डिलरसिपको काम थालेपछि बजारको रुपै फेरिन्छ:नागरिक लगानी कोष

Mar 28, 2016 Mero Lagani

अब हामी शेयर रजिष्ट्रारको काम मात्र गरेर बस्दैनौ । 

विदेशमा रहेका नेपालीलाई पूँजीबजारमा भित्र्याउने पहल गर्छो  ।

पूँजी बजारको विकास र विस्तारका लागि आक्रमक रुपमा अगाडि बढ्छौ ।

हामी आएपछि नेप्से, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुन्छ । 

पूँजी बजार १० प्रतिशतसम्म बढ्ने आँकलन गरेका छौ । 

 

अहिले नेपालको शेयरबजार ऐतिहासिक उचाँईमा पुगेको छ । प्रविधिमैत्री बन्दै गएको बजारमा लगानीकर्ताहरुको सुझबुझपूर्ण लगानी, पूँजीवृद्धिका लागि कम्पनीहरुले प्रस्तुत गरेका योजना, बोनश लगायतले बजारको गति दिनप्रदिन बढ्दो छ । अझ पछिल्लो समयमा नियमन निकायहरुको प्रभावकारी भुमिकाले पनि बजारमा लगानीकर्ताको विश्वास थपिदै गएको छ । यहि अवस्थामा बजारलाई अझ व्यवस्थीत गर्नको लागि मार्केट मेकर तथा स्टक डिलरसिपको भुमिकामा नागरिक लगानी कोष (CIT) शेयरबजारमा भित्रने अन्तिम तयारीमा जुटेको छ ।

जसका लागि धितोबोर्डले प्राविधिक अध्ययन समिति गठन समेत गरिसकेको छ । नागरिक लगानीकोषको अवस्था र धितोपत्रबजारमा कोषको अबको भुमिका लगायतका बिषयमा कोषका कार्यकारी प्रमुख रामकृष्ण पोखरेलसँग मेरोलगानीका सुरेन्द्र थापाले गरेको कुराकानी ।

आजको दिनमा नागरिक लगानीकोषसँग कति पैसा छ र त्यो रकमको व्यवस्थापन कसरी गरिरहेको छ ?

हामीसँग ७२ अर्ब रुपैयाँ बचत नाघिसकेको छ । बचत संकलनको ग्रोथ विगतमा बार्षिक १२ प्रतिशत थियो । अब त्यो बढेर १५ देखि १७ प्रतिशत पुग्ने अनुमान गरेका छौ । यसपालि भुकम्प र नाकाबन्दीले केही प्रभाव पारेको छ । बचत संकलनको क्रम बढेपनि लगानीको अवस्था संकुचित नै छ, लगानीको बिबिधिकरण गर्न सकेका छैनौ, अब लगानी बिबिधिकरणमा जोड दिदै छौ। हाम्रो लगानी बैंक तथा वित्तिय संस्थाहरुमा गएर जोडिएको छ । बैक तथा वित्तिय क्षेत्रमा रकम अभाव भयो भने हाम्रो लगानी त्यहाँ गएर अड्कन्छ, अब हामी हाम्रो लगानीको यो सोच बदल्ने कोशिशमा छौ।

नागरिक लगानीकोष एउटा ठुलो जहाँज हो । एकैपटकमा हामी यसलाई तुरुन्त मोड्न सकिदैन, विस्तारै यसका लगानीका क्षेत्र परिर्वतन गर्दे लैजाने हो । वीमा र बचतमा गरेर मात्रै हामीसँग ५ लाख ६० हजार भन्दा बढी बचतकर्ता छन् । अब हामी उनीहरुलाई लक्षित गरेर विभिन्न ऋण योजनाहरु ल्याउँदै छौ, त्यसलाई हामी अन्तिम चरणमा लगेका छौ। लगानी बिबिधिकरणका लागि हामीले पाँच बर्षे रणनीतिक योजना तयार पारेका छौ सोही बमोजिम लगानी विस्तार गर्ने हाम्रो योजना छ ।

के छ पाँच बर्षे रणनीतिक योजनामा जसले लगानीको क्षेत्र फराकिलो बनाउँछ ? अब कोष कुन कुन क्षेत्रसँग जोडिन्छ ?

अहिलेसम्म हामीले व्यवसायिक दक्षताको पाटोनै छुट्याउन सकेका रहेनछौ, बचत आएकै छ लगानी भएकै छ यसैमा सिमित रहेछौ । बैंक तथा वित्तिय संस्थामा पैसा राख्यो, सरकारले कहिले आयल निगमलाई दे भन्छ त्यहाँ हाल्दियो, कहिले जनक शिक्षालाई देऊ भन्छ त्यहाँ राख्दियो, हामीले आफ्नै प्रयासमा आफ्नै नेतृत्वमा केही गरेका रहेनछौ। अब हामी आफ्नै पहलमा लगानी हुनुपर्छ, गनुृपर्छ भन्नेमा जाँदैछौ । त्यसका लागि आन्तिरक दक्षता अभिवृद्धि गर्नुपर्ने चुनौति छ, यसैका लागि हामीले पञ्चबर्षीय योजना बनाएका हौ । यसकै आधारमा बार्षिक योजना बन्छ र हामी सोही अनुरुप अगाडि बढ्छौ ।

 

विशेषगरेर हामीले पञ्चबर्षीय योजनामा तीनवटा विजनेश पिल्लर बनाएका छौ , बचतको क्षेत्र, लगानीको क्षेत्र र पूँजी निमार्णको क्षेत्र । बचतको क्षेत्रमा काठमाडौ केन्द्रित र सरकारी कर्मचारी केन्द्रित बचत योजनालाई निजीक्षेत्रका कामदार, कर्मचारी र स्वरोजगार व्यक्तिहरुलाई समेत समेट्ने छौ । अर्को कुरा हामी साना लगानीकर्ता र उत्पादकहरुका बिचमा पनि जाँदैछौ, दुर दराजमा रहेका साना व्यवसायी, उद्यमी मार्फत बचत ल्याउने र उनीहरुलाई पूँजीबजारमा जोड्न सहयोगी बन्ने हाम्रो योजना छ ।

त्यस्तै विदेश स्थित नेपालीहरुको बचत संकलनगरी पूँजीबजारमा लगानी गर्ने योजना पनि हाम्रो पञ्चबर्षीय योजनामा छ । यसका लागि ०४७ सालकै ऐनमा व्यवस्था छ । यसलाई कार्यान्वयनमा ल्याउने हाम्रो प्रयास हो । अहिलेसम्म कहि केहि भएको छैन, विदेशमा रहेका तीस चालीस लाख नेपालीलले पठाएको बिप्रेषण उपभोगमा सिमित छ, त्यसलाई पूँजीबजारमा भित्र्याउने अभ्यास नागरिक लगानीकोषले गर्नेछ । विदेशमा रहेका नेपालीको बचत सकलन गर्न राष्ट बैंकको सहमति आवश्यक छैन तैपनि हामीले एक तहको छलफल गरिसक्यौं । गभर्नर यसमा सकरात्मक हुनुहुन्छ, हामीले कार्ययोजनाको प्रस्ताव समेत पठाई सकेका छौं । अर्को, पूँजी बजारका लागि हामी काम गर्दैछौं ।

पूँजीबजारमा नागरिक लगानीकोषको प्रत्यक्ष सहभागीताको चर्चा चलेको धेरै भयो  । ४७ सालको ऐनमै समावेश भएको यो बिषय अहिलेसम्म कार्यान्वयनमा आएको छैन, । गएको बजेटमा पनि कोषले मार्केट मेकरको काम गर्ने विषय उल्लेख भएको थियो, प्रकृया कहाँ पुग्यो त ?

हामीले ऐनमा व्यवस्था भएकै कार्यजिम्मेवारी मध्ये आजसम्म पचास प्रतिशत पनि अभ्यास गरेका रहेनछौ, अब त्यसलाई छुट्याएर अगाडि बढ्दैछौ, सम्भाब्य क्षेत्र तयगरि आन्तरिक तयारीमा जुटेका छौ । क्षमता अभिवृद्धिमा जोड दिएका छौ, कर्मचारीको दक्षता अभिवृद्धिका लागि विभिन्न क्याम्पेनहरु संञ्चालन गर्देछौ, अब विस्तारै ऐनले दिएका सबै क्षेत्रमा सक्रियता जनाउँछौ । लगानीको क्षेत्रहरु मोड्न त्यति सहज त छैन, निक्कै गाह्रो छ । अझैपनि लगानीका सन्दर्भमा ऐन केही संकुचित छ, यसलाई पनि परिमार्जन गर्ने प्रक्रिया अगाडि बढीसकेको छ ।

आजसम्म हामीले बचत संकलन गर्ने कुरामा मात्र सिमित भयौ, पूँजीबजारको सन्दर्भमा आईपिओ जारी गर्ने, शेयर रजिष्टारको यी दुई काम बाहेक केहि गरेका छैनौ । यी काम त प्राइभेट क्षेत्रबाट भइरहेको नै छ । अब कोष यी कुराहरुमा मात्रै सिमित हुने होईन, मार्केट विकासका लागि केहि गर्न सकिन्छ भनेर हामीले धेरै तहमा धेरै छलफल गरिसकेका छौ ।अब हामी पूँजीनिमार्ण र पूँजी बजारको विकास र विस्तारका लागि आक्रमक रुपमा अगाडि बढ्छौ ।

 

पूँजीबजारमा तपाईहरुले खोजेको उपस्थिति कस्तो प्रकारको हो ? तपाईको उपस्थितिले बजारमा के प्रभावपार्छ र कस्तो भुमिका रहन्छ ?

हामीले मार्केट मेकर र स्टक डिलरको लागि एकैपटक प्रस्ताव गरेका हौ, प्रारम्भिक मस्यौदा हामीले गतबषै नै बुझाईसकेका थियौ, सोहि कुरालाई आधार बनाएरनै गएको बजेटमा कोषलाई मार्केट मेकरको भुमिका दिने बिषय समावेश गरिएको हो ।अहिले आएर प्राबिधिक बिषय अध्ययन लागि कमिटी बनेको छ । कमिटीले अहिलेको अवस्था के छ ? स्टक डिलरको काम गर्नका लागि कोषले के के पूर्वाधार तयार गर्नुपर्छ लगायतको अध्ययन पश्चात अध्ययन कमिटीले दिएको प्रतिबेदनका आधारमा नै हामी अगाडि बढ्ने हो ।

पूँजी बजारमा केही समस्या आएमा त्यसलाई हस्तक्षेप गर्ने सरकारले हो, हामीले होईन, हामीले त हामीसँग भएको बचतकर्ताको पैसा आर्जन हुने क्षेत्रमा लगानी गर्ने हो, हामीले बजारमा त्यही गर्ने हो । बजारमा हामी आइसकेपछि ठुलो संख्यामा शेयर किनबेच हुने अवस्था आयो भने मार्केटमा केही न केही हाम्रो भुमिका रहन्छ ।

यसलाई अझ प्रष्ट गरिदिनुस, कोषले बजारमा सहायक कम्पनी मार्फत काम गर्छ की प्रत्यक्ष उपस्थिति रहन्छ ? तपाईको उपस्थितिले अहिलेको बजारको रुपमा के फरक पर्छ ?

०४७ सालकै ऐनमानै सहायक कम्पनी खडा गर्न सक्ने व्यवस्था गरिएको छ । त्यो आधारमा हामीले सहायक कम्पनीको कुरा गरेका हौ, स्टक डिलरको काम गर्नका लागि सहायक कम्पनीको आवश्यकता पर्देन, हामीहरुकै भित्र छुट्टै एउटा शाखा रहन्छ, त्यसले काम गर्छ, उसले स्टक डिलरका लागि प्राविधिक, आर्थिक र अन्य प्रकारको व्यवस्था गर्छ । यसका लागि आवश्यक पर्ने प्रारम्भीक काम भइरहेको छ ।

अहिले बजारमा वित्तिय क्षेत्रमा यत्तिकै फलिफाप छ ,नागरिक लगानीकोष अन्य क्षेत्रमा प्रवेश गर्ने कोषिश गर्नेछ, लगानीका अन्य क्षेत्रहरुको खोजी गर्ने काम हामी गर्छौ, यसका लागि रियल सेक्टरलाई पनि प्रमोट गर्ने काम हामी गछौ। कोष मार्केट मेकरको रुपमा आउँदाखेरी घाटाको विजनेश होईन पाँच दश प्रतिशतसम्म क्यापिटल गेन गर्ने अवस्था सृजना गर्ने छौ। जसले गर्दा अन्य उद्योगहरुलाई बजारमा आउन प्रोत्सहान मिल्नेछ । उद्यमीहरु बजारमा आउने सम्भावना बढेर जान्छ । यसले पक्कै पनि बजारको आकार बढाँउछ , पूँजी निमार्णमा टेवा पुग्छनै ।

कोषले डिलरसिपको काम गर्ने वित्तिकै बजार बुम हुने आधार के हुन ? कोषको उपस्थितिले बजारको गति नै बदलिने हो र ?

यसले सबैको ग्रोथमा सहयोग पुर्याउछ। कोषको बजारमा जुन प्रकारको उपस्थिति रहन्छ र ठुलो मात्रामा शेयर किनबेच हुनथाल्छ यसले हरेक क्षेत्रको व्यापार बढाउँछ। नेप्सेलाई नी फाईदा, ब्रोकरलाई फाइदा, लगानीकर्तालाई फाइदा सरकारलाई पनि करको फाइदा सबैलाई फाइदै फाइदा छ । कोष स्टक डिलरको रुपमा आईसकेपछि दैनिक बजार विस्तार हुन्छ, कारोबारको आकार बढ्छ समग्रमा बजारमा सकारात्मक टेवा पुग्छ, विस्तृतमा त बजारमा प्रवेश नगरिकनै सबै कुरा भन्न सकिदैन ।

 

बजार निर्माताको कामकै लागि अध्ययन गर्न भनेर भारतका विभिन्न बजारमा अवलोकनका लागि जानुभयो, त्यहाँ र यहाँँ के भिन्नता पाउँनुभयो ? उनीहरुसँगको हाम्रो अपेक्षा के हो ?

भारत भ्रमणका क्रममा हामीले यसक्षेत्रका सरोकारवाला निकायहरुसँग छलफल गर्यौ, नागरिक लगानीकोष जस्तै भारतको युटिआई युनिट ट्रष्ट इन्भेष्टमेन्ट जो १९६३ देखि संचालनमा छ । उसको अध्ययन गर्दा उसले हामीले जस्तै काम गर्ने हो । उसले २४ -२५ वटा योजनाहरु संचालन गरेको रहेछ । हामी ५ -७ वटामै सिमित छौ, त्यस्तै योजनाहरु हामी विस्तार गर्न सक्छौ ।

हामीले उनीहरुबाट अपेक्षा गरेको जनशक्ति विकास, प्राविधिक सहयोग र रेगुलर फ्रेमवर्कका बिषयमा हो । हामीलाई नियमित फ्रेमवर्क के हो त्यही थाहा छैन । बजार निर्माता भनेको छ गर्ने के हो थाहा छैन । अहिले स्टक डिलर भयो, मार्केट मेकर बन्यो गर्ने के हो ? थाहा छैन, यस्ता बिषयहरु जान्ने अवसर मिल्यो । प्राविधिक रुपमा उनीहरु हामी भन्दा धेर्रै अगाडि छन र उनीहरु हामीलाई सहयोग गर्न समेत तयार छन् । हामीले उनीहरुसँग सहकार्य गर्न सक्ने धेरै सम्भावनाहरु छन् ।

अहिले बजारमा मार्केट मेकरको कुरा सान्र्दभीक नरहेको भन्ने चर्चा पनि सुनिन्छ, के अब मार्केट मेकरको आवश्यकता सकिएकै हो ?

नेपाल र भारतको सन्दर्भमा यो फरक कुरा हो । यतिबेला मार्केट मेकरको काम थाति रहेको अवस्था हो, हामीले अहिले स्टक डिलरको कामलाई प्राथमिकता दिएका छौ। हामी बजारमा कर्पोरेट क्षेत्र, निजी क्षेत्रलाई भित्र्याउन प्रयासमा जुटेका छौ, अन्य कामका लागि प्राविधीक अध्ययनका कमिटी गठन भएको छ , त्यही कमिटीले दिएको प्रतिवेदनका आधारमा अगाडि बढ्ने हो । अध्ययन टोलिले प्रतिवेदन पर्खीबसेका छौ ।

अब अन्त्यमा, भर्खरै अघिल्लो बर्षको साधारणसभा सक्काउनुभयो यो बर्षको कहिले हुन्छ, लगानीकर्ताले के अपेक्षा गर्ने ?

गत चैत चार गते हामीले ०७०/०७१ को साधारसभा गर्यौ । यसभन्दा अगाडिको ७ /८ बर्षदेखिको लेखापरिक्षण बाँकी थियो । एकैपटक लेखापरिक्षण गर्दा समय लाग्ने नै भयो । अर्को भूकम्प र नाकाबन्दीले पनि नियमित रुपमा काम हुन सकेन यसकारण ढिला भयो । हाम्रो ऐनले गरेको व्यवस्था अनुसार यसबर्षको साधारणसभा हामी तोकेकै समयमा गर्छौ तर ०७१ /०७२ को भने केहि ढिला हुन सक्छ ।

अहिले शेयरबजारमा हेर्नुहुन्छ भने नागरिक लगानीकोष माथि नै छ , १८/१९ बर्षमा यसको शेयर पचास गुणा बढेको छ । ६५ रुपैयाँमा झरेको यो कम्पनीको शेयर मुल्य अहिले ३७ /३८ सय पुगेको छ । यो आधारमा हेर्दा हामी जसरी जुन आर्थिक आधार, योजना र मापदण्ड बनाएर अगाडि बढेका छौ यसले सबैलाई फाईदा नै पुर्याउछ । हाम्रो ऐन संशोधनको प्रक्रियामा रहेको छ । यो संसोधन भएपछि लगानीको क्षेत्र र दायारा फाराकिलो हुन्छ भने हाम्रो पूँजी पनि बढ्छ, लगानीको संकुचन नरहेपछि अझ सबल हुँदै जान्छ भन्ने हाम्रो विश्वास छ ।

 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।