शेयर कारोबारलाई देशब्यापी बनाउन यसरी हुँदैछ पहल, असारदेखि पचहत्तरै जिल्लामा डिम्याट खाता खोल्ने सुबिधा

Mar 31, 2016 Merolagani

तपाइँ राजधानी बाहिरका जिल्लामा हुनुहुन्छ र हितग्राही ( डिम्याट ) खाता खोल्न तथा शेयर कारोबार गर्न नपाएर छटपटिनु भएको छ भने तपाइँका लागि खुशीको खबर छ । अब डिम्याट खाता खोल्ने सुबिधा देशका ५५ जिल्लामा पुगिसेकको छ । यसभित्र तपाइँको जिल्ला परेन भने पनि चिन्ता नलिनुहोस् आउने असार मसान्तसम्म पचहत्तरै जिल्लामा यो सेवा पुग्दैछ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी सीडीएससी एण्ड क्यिरिड. लिमिटेडले असार मसान्तसम्म पचहत्तरै जिल्लामा डिम्याट खाता खोल्ने निक्षेप सदस्यको सेवा पुग्ने जानकारी गराएको जनाएको छ । अहिले ५५ जिल्लामा यो सेवा पुगिसकेको पनि स्पष्ट पारिएको छ ।

अहिले नेपालको शेयर बजारमा कारोबार हुने सबै शेयर अभौतिक ( कागजी प्रमाण पत्र नहुने ) भएकाले तपाइँले शेयर कारोबार गर्न डिम्याट खाता अनिबार्य भएको छ । तपाइँसँग कागजी प्रमाण पत्रको शेयर छ भने पनि त्यसलाई अनिबार्य रुपमा अभौतिक गराएर खातामा जम्मा गराएर मात्र बिक्री गर्न पाईन्छ भने तपाईँले किनेको शेयर त्यही खातामा आएर बस्छ । १६ अंकको नम्बर हुने यस्तो खाता खोल्ने निक्षेप सदस्यता लिएको कम्पनीको कार्यालयमा गएर निश्चित प्रकारको फर्म भरी एक सय पचास रुपैयाँ बुझाएर प्रक्रिया पुरा गर्नुपर्नेछ ।

यति मात्रै कहाँ हो र ? अब साधारण शेयर ( आईपीओ) मा लगानी गर्न पनि डिम्याट खाता अनिबार्य हुँदैछ । आउने साउन १ गतेदेखि राजधानीमा रहेका ब्यक्तिहरु र माघ १ गतेदेखि पचहत्तरै जिल्लाहरुमा रहेकाले साधारण शेयरमा आबेदन गर्न यस्तो खाता अनिबार्य गरिएको छ । तपाइँ उद्योग प्रभावित क्षेत्रका बासिन्दा हुनुहुन्छ र त्यसले साधारण शेयर निश्काशन गर्दैछ भने यस्तो अबस्थामा हितग्राही खाता नभएपनि चल्ने छ ।

अहिले डिम्याट खाता खोल्ने सुबिधा मात्रै देशब्यापी हुन लागे पनि निकट भबिष्यमा जिल्ला जिल्लामा शेयर दलालको कार्यालय पुग्ने, आफैले घरमा बसेर कम्प्युटरको सहायताले शेयर किनबेच गर्ने,  बेचिएको शेयरको पैसा  आफ्नो बैंक खातामा जम्मा हुने र शेयर किन्दा डिम्याट खातामा जम्मा हुने बैंक खाताबाट पैसा घट्ने लगायतका सुबिधाहरु थपिनसक्छन् । बोनस र हकप्रद शेयर त अहिले नै डिम्याट खातामा  र नगद लाभांश केही निश्चित बैंकहरुमा खाता भएका शेयरधनीको बैंक खातामा जम्मा हुने प्रबन्ध धितोपत्र बोर्डले मिलाईसकेको छ । अनलाईन शेयर कारोबार सुरु भएमा हाम्रा पहाडका टाकुरामा बसेर मात्रै हैन बिदेश पुगेर पनि शेयर किनबेच गर्नसक्ने सुबिधा पाउन सकिन्छ । 

तपाइँले अहिले नै निक्षेप सदस्यकोमा गएर हितग्राही खाता खोल्नु भएन भने आगामी दिनमा हुने सार्वजनिक निश्काशनमा आबेदन गरी लाखौ रुपैयाँको शेयरधनी हुने, प्रबिधिमैत्री र तीब्र रुपमा बिकशित हुँदै गएको नेपालको शेयर बजारबाट लाभ लिनबाट बंचित हुनुपर्ने अबस्था आउँछ । अन्तिम अबस्थामा यस्तो हितग्राही खाता खोल्न जाँदा तपाइँले लामोे लाम लाग्नुपर्ने, भीडभाड र अनेक झमेला ब्यहोर्नुपर्ने पनि हुनसक्छ । तपाइँ शेयर बजारमा प्रबेश गर्न चाहनुहुन्छ वा आफुसँग भएको कागजी शेयरलाई अभौतिक गराएर खातामा सुरक्षित पार्न चाहनुहुन्छ भने किन अबेर गर्ने ? आजै निक्षेप सदस्यको कार्यालयमा जानुहोस् र खाता खोल्नुहोस् ।

याद राख्नुहोस् तपाइँले पैसा राख्ने खाता खोल्न लाग्नु भएको हैन, शेयर राख्ने खाता खोल्न लाग्नु भएको हो । यस्तो खाता खोलेपछि प्रयोगकर्ताको नाम र गोप्य नम्बर लिएर ईन्टरनेट भएको ठाउँमा आफैले आफ्नो खातामा रहेको शेयरबारे जानकारी पाउनसक्नु हुनेछ । एउटा खाता जो  जीवनभरका लागि शेयर कारोबारको आधार हुनेछ ।


यो पनि पढ्नुहोस् ।

‘अब शेयर प्रमाणपत्र सिरानी हालेर सुत्ने दिन गए’

तपाइँको डिम्याट खाता खोल्न दर्ता भएका ४९ कम्पनी हेर्नुहोस् ।

 ................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................. 

१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।