नेपाल बैंकले १७ लाख कित्ता शेयर बेच्न सिद्धार्थ क्यापिटललाई दियो जिम्मेवारी, नेपाल इन्स्योरेन्स र तारा गाउँको शेयर बेचिने

Apr 24, 2016 Merolagani

नेपाल बैंक (NBL) ले आफ्नो नाममा रहेको दुई कम्पनीको ठूलो परिमाणको शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । नेपाल ईन्स्योरेन्स (NICL) को १३ लाख ५० कित्ता मध्ये १० लाख कित्ता र तारा गाउँ रिजेन्सी होटल (TRH) को ७ लाख कित्ता शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो । सिद्धार्थ क्यापिटलले शेयर बिक्रीका लागि चाँडै नै सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको बुझिएको छ ।

 

 

नेपाल बैंकले नेपाल ईन्स्योरेन्सको १० लाख कित्ता संस्थापक शेयर न्युनतम मूल्य ४०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई बेचेको मोडलमा नेपाल ईन्स्योरेन्सको शेयर बेचिने भएको छ । यस शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा ५० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ । शेयर बिक्रीका क्रममा मुल्य बढेर आबेदन भएमा यो रकम अरु थपिने संभावना छ । त्यसैगरी तारागाउँको शेयर बिक्रीबाट १० करोड भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ ।

नेपाल बैंकले आफ्नो बित्तीय अबस्था सबल बनाउन यी शेयरहरु बेच्न लागेको हो । बैंकसँग डिप्रोक्स लघुवित्तका ४ लाख कित्ता र अरु कम्पनीका शेयरहरु पनि रहेकाले ती शेयरहरु पनि बेच्ने बारेमा छलफल चलिरहेको बुझिएको छ । नागरिक लगानी कोषको ४ लाख कित्ता शेयर भने राष्ट्रिय बिमा कम्पनीलाई बेच्ने टुंगो लागि सम्बन्धित निकायबाट स्वीकृति लिने प्रक्रिया चलिरहेको छ । यसबाट बैंकलाई एक अर्ब आम्दानी हुनेछ ।

नेपाल बैंकको जगेडा कोष एक अर्ब ४६ करोडले ऋणात्मक रहेकोमा तेस्रो त्रैमाससम्मको खुद नाफा र सम्पति बिक्रीबाट त्यो पुरा हुन नसके पनि चौथो त्रैमासमा बैंकले गर्ने प्रगतिबाट जगेडा कोष दुई अर्ब रुपैयाँ जत्तिले धनात्मक बनाउने गरी बैंक ब्यवस्थापन क्रियाशील रहेको एक अधिकारीले बताए ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।