लुम्बिनीसंग मर्जर प्रक्रिया पुरा गर्न बीओके किन भयो बाध्य ?

May 05, 2016 Mero Lagani

लुम्बिनी बैंक(LUBL)संग मर्जर सम्झौता गरे पनि आन्तरिक रुपमा मर्जरमा नजाने कसरतमा लागेको बैंक अफ काठमाण्डौं (BOK)अन्तत राष्ट्र बैंकको दबाव पछि मर्जर प्रक्रियाको अन्तिम स्वीकृतिसम्मको कामलाई अघि बढाउन बाध्य भएको छ ।  । यस अघि पनि विभिन्न ४ वटा वित्तीय संस्थासंग मर्जर सम्झौता गरेर प्रक्रिया रोकेको बीओकेलाई राष्ट्र बैंकले लुम्बिनीसँगको  मर्जर पुरा गराउन दवाब दिएको बुझिएको छ ।

झण्डै ६ महिना अघि लुम्बिनी बैंकसंग मर्जर सम्झौता गरेको बीओकेले लुम्बिनीसंग मर्जरमा जाँदा बीओकोलाई धेरै फाइदा नहुने भन्दै आन्तरिक रुपमा मर्जर तोड्ने तयारी गरेको थियो । विगतमा यसरी नै मर्जर सम्झौता गरेर तोडेको इतिहासलाई देखाएर राष्ट्र बैंकले बीओकेलाई कुनै पनि हालतमा यो मर्जर प्रक्रिया पुरा गराउन भनेको छ । यस्तो नभएको खण्डमा राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिए पछि बीओकेले लुम्बिनीसंगको मर्जर प्रक्रिया पुरा गराउने गरि साधारण सभा आह्वान गरेको छ ।

 बीओकेले आफ्नो बित्तीय अबस्था सुध्रिने छाँट देखेपछि लुम्बिनीको बिकल्प खोज्ने संकेत देखाएको थियो तर  लुम्बिनीका संचालकहरुले बीओकेको यस्तो चाल बुझेपछि राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्क गरेका थिए । लुम्बिनीले बीओकेसँगको मर्जलाई अन्तिम रुप दिन भन्दै बैसाख २७ गते साधारणसभा डाके पनि बीओकेको अनिश्चित थियो ।  बजारमा हल्ला चले जसरी लुम्बिनीसँगको मर्ज सम्झौता पनि तोडिएको भए बीओकेको साखमै धक्का लाग्ने थियो । 

बीओके र लुम्बिनीको मर्जलाई अन्तिम रुप दिएपछि जेठ १६ देखि संयुक्त कारोबार सुरु गर्ने तयारी गरिने लुम्बिनी बैंक स्रोतले जनाएको छ । 

यस अघि गत माघ २४ गते नै बैंकले साधारण सभा बोलाएकोमा मर्जर सम्झौताका कारण साधारण सभा स्थगित गरेको थियो । डिडिए अनुरुप शेयर स्वाप रेशियो १ अनुपात शुन्य दशमलव ८२८१ रहने सहमतीसंगै बैंकको नाम बैंक अफ काठमाडौं लुम्बिनी रहने सम्बन्धमा भएको सम्झौतालाई पनि साधारण सभाले अनुमोदन गर्दैछ । बीओके  साधारण सभाले शेयरधनीलाई दिने भनि प्रस्ताव गरेको २६ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि पारित गर्दैछ ।

पाँचौं पटक बीओके र लुम्बिनीले वाणिज्य बैंकका बिचमा मर्जरको सम्झौता गरेका हुन् । चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि एक आपसमा गाभिने सम्बन्धमा सम्झौता गरेका बैंकहरुले अब राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एकिकृत कारोबार सुरु गर्नेछन् ।

गत पुस ९ गते बीओके र लुम्बिनी बैंक गाभिने सम्झौतामा बिओकेका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सत्यनारायण मानन्धर र डा. हेमराज सुवेदी तथा लुम्बिनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र सुवर्लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

बीओके केही बर्ष अगाडिसम्म ब्लुचिप्सको रुपमा गनिएको कम्पनी भए पनि मेलम्ची ठेक्कामा फसेपछि खस्किएको छ भने लुम्बिनी पहिले धरासायी भएर राष्ट्र बैंकले सुधारे पछि क्रमश प्रगतिको पथमा लम्किदै गरेको बेंक हो । यी दुबैको मिलनले बलियो वाणिज्य बैंक बन्ने आधार खडा गरेका छन् ।

अहिले बिओकेको चुक्ता पुँजी २ अर्ब ६७ करोड १४ लाख रुपैयाँ रहेको छ । यसमा बैंकले प्रस्ताव गरेको बोनस शेयर पनि समावेश छ । बीओकेको बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी दुई अर्ब ६७ करोड पुर्याउने प्रस्ताव गरेको थियो ।

उता लुम्बिनी बैंकले पनि बोनस शेयर बितरण गरि  चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट २ अर्ब ३० करोड रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरिसकेको छ । यस क्रममा उसले गत बर्षको नाफाबाट १५ प्रतिशत अर्थात २७ करोड ७० लाख बराबरको बोनस शेयर बाड्ने प्रस्ताव गरेको छ ।

बीओके र लुम्बिनी बैंक मर्जर भए पछि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुग्ने छ । अहिले बीओकेको ५१ त्था लुम्बिनीको १८ वटा शाखा सञ्चालनमा छन् । त्यसै गरि बिओकेको ५७ तथा लुम्बिनीको ५ वटा एटिएम काउण्टर सञ्चालनमा छन् ।

बैंक अफ काठमाण्डु र लुम्बिनी बैंकले गरे एक आपसमा गाभिने सहमति, शेयर स्वाप रेशियो १ बराबर ०.८२८१

शेयर स्वाप रेसियो तय र सैद्धान्तिक स्वीकृतिपछि पनि शेयर कारोबार किन रोक्ने ?

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।