यसरी मजबुत बन्दै छ एनसीसी बैंक

May 11, 2016 Mero Lagani

चारवटा विकास बैंक र कुमारी बैंकसँग मर्जरको अन्तिम प्रक्रियामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गतवर्षको सोही अवधिको भन्दा झण्डै ५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।


बैंकको व्याज आम्दानीमा उल्लेख सुधार देखिएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ६१ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यसपटक ८२ करोड ९८ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकले खुद ब्याज आम्दानी बाटै २० करोड रुपैयाँ बढि कमाएको छ ।

यस क्रममा बैंकले २७ अर्व ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २३ अर्व १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अझै पनि सम्भावीत जोखिममा ३० करोड रुपैयाँ राखेको बैंकले यसअवधिमा १८ करोड ४९ लाख खराब कर्जा उठाएको छ ।

चुक्ता पुँजी २ अर्व ३५ करोड ३१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९८ करोड १४ लाख रुपैयाँ सञ्चित छ । खराब कर्जा अनुपात घटाउन बैंक सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा अनुपात २ दशमलब ४० प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १ दशमलब ६३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ७१ पैसा रहेको छ ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।