बैक तथा वित्तीय संस्थाले हकप्रद सेयर निस्कासन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने

May 15, 2016 Mero Lagani

धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई क्रेडिट रेटिङ नगरीकनै हकप्रद सेयर निष्कासन गर्न दिने भएको छ । बोर्डले राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि योजनालाई सफल बनाउन हकप्रद निष्कासन प्रक्रिया छरितो बनाउन यस्तो निर्णय गरेको जनाएको छ । तर बोर्डले अघि सारेका विभिन्न ६ शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाका हकमा मात्र यो निर्देशन लागु हुने बताएको छ ।

 

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बैंक तथा वित्तीयसंस्थाहरुलाई तोकेको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको अवस्थामा बोर्डको यो निर्देशनले अधिकांस वित्तीय संस्थालाई केही राहात पुग्ने देखिन्छ । चुक्ता पुँजी बढाउनका लागि जारी गरिने हकप्रद निष्कासनमा पनि अनिवार्य क्रेडिट रेटिङ गर्नुपर्दा निकै ढिला हुने भएपछि सर्तसहित रेटिङबिना नै हकप्रद जारी गर्न सक्ने निर्णय बोर्डले गरेको हो ।

यस्ता छन् शर्तहरु

हकप्रद सेयर निस्कासन गर्ने संस्थाहरुले अंकित मूल्यमा हकप्रद सेयर निष्काशन गर्नुपर्ने

प्रति सेयर नेटवर्थ १०० रुपैयाँभन्दा बढी भएको हुनुपर्ने र अंकित मूल्यभन्दा बजार मूल्य बढी भएको हुनुपर्ने

क्रेडिट रेटिङ नगर्ने सुविधा पाउन विगत पाँच वर्षदेखि संचालनमा रही कम्तीमा तीन वर्ष नाफामा संचालित भएको हुनुपर्ने

संचित नोक्सानमा नभएको

खराव कर्जा पाँच प्रतिशतभन्दा तल हुनुपर्ने

र पूँजी बृद्धि गरिएको सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भई कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भएको कम्पनीले मात्र क्रेडिट रेटिङ नगराइ हकप्रद सेयर जारी गर्न पाउँछन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।