गत बैसाख २ गते तेस्रो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेर फस्ट भएको भनिएको फस्ट माईक्रोफाईनान्सले त्यसको एक महिनापछि मात्र कार्यकारी प्रमुखको उदघोषणसहितको बिबरण अर्को पत्रिकामा प्रकाशन गर्यो । यसो गर्दा फस्ट माईक्रो फस्ट हैन, लाष्ट भयो । यी दुई मात्रै हैनन्, कयौंको अबस्था उस्तै छ ।
कम्पनीहरुलाई अपरिस्कृत बित्तीय बिबरण र कार्यकारी प्रमुखको स्वघोषणासहितका बिबरणहरु केवल नियम पुर्याउँन छाप्ने हो र जसरी छापे पनिहुन्छ भन्ने लागेकोले यस्तो भएको हुनसक्छ । लगानीकर्ताले पढुन कि नपढुन, सहज होस कि असहज होस् कुनै मतलव नभएको जस्तो देखिन्छ । यसमा नेपाल धितोपत्र बोर्ड जस्ता नियमनकारी निकायहरुको पनि ध्यान पुग्न सकेको देखिन्न तर मार लगानीकर्ताले नै खेप्नु परेको छ ।
सार्वजनिक रुपमा शेयर निश्काशन गरेका कम्पनीहरुको त्रैमासिक बित्तीय बिबरणले लगानीकर्ताहरुलाई आफ्नो लगानीको अबस्था बिश्लेषण गर्न र योजना बनाउँन सम्बन्धित कम्पनीको त्रैमासिक बित्तीय बिबरणले ठूलो भुमिका खेल्छ । अपरिस्कृत बित्तीय बिबरणले कम्पनीले त्रैमासिक अबधिमा गरेको नाफा घाटा, अघिल्लो त्रैमासको अबस्था र अघिल्लो बर्षको सोही त्रैमासको अबस्था स्पष्ट पार्दछ भने कार्यकारी प्रमुखको स्वघोषणासहितको बिबरणले कम्पनीको प्रति शेयर आम्दानी , मूल्य आम्दानी अनुपात, प्रति शेयर सम्पतिको मूल्य, प्रति शेयर नेटवर्थ, बजारमा बिक्री हुँदाको शेयर मूल्य, कम्पनीको चुनौति तथा समस्याहरु, मुद्धा मामिलाको अबस्था, चुनोति सामना गर्न बनाईएका योजना र आगामी रणनीति, सुशासन लगायतका कुराहरु समाबेश हुन्छन् ।
अपरिस्कृत बित्तीय बिबरण र कार्यकारी प्रमुखको स्वघोषणासहितको बिबरण एकैसाथ एउटै पत्रिकामा छाप्ने हो भने मात्र त्यो अध्ययन गर्ने लगानीकर्ताले सबै कुरा स्पष्ट रुपमा बुझ्नसक्छन तर अलग अलग पत्रिकामा अलग दिन छाप्ने हो भने अर्थहिन भईजान्छ, त्यही अर्थहिन काम केही बैंक तथा बित्तीय संस्थाहरुले गर्दै आएका छन् ।
कम्पनीहरुको बित्तीय बिबरण अध्ययन गर्नु गाह्रो कुरा हो । अपरिस्कृत बित्तीय बिबरण र कार्यकारी प्रमुखको स्वघोषणसहितको बिबरण एकसाथ भए मात्र लगानीकर्ताले बित्तीय बिबरणमा उल्लेख भएका तथ्यहरुलाई दजाँएर बिश्लेषण गर्नसक्छन् । लेखा सम्बन्धी राम्रो ज्ञान भएका ब्यक्तिलाई त त्रैमासिक बित्तीय बिबरणको बिश्लेषण गर्न गाह्रो पर्छ भने दुबै बिबरण एकसाथ नहुँदा राम्ररी नपढेका वा लेखासम्बन्धी ज्ञान कम भएका लगानीकर्ताले कसरी बुझ्नु ?
शेयर बजार पूर्ण अभौतिक र स्वचालित भईसक्दा पनि नेपालका पब्लिक कम्पनी, बैंक तथा बित्तीय संस्था र नियमनकारी निकायहरुको सोच भने कागजी नै छ र उनीहरु झारा टराई मात्र गर्दैछन् भन्ने कुरा बित्तीय बिबरण प्रकाशनमा देखिएको यो भद्रगोलले स्पष्ट पार्दछ । उनीहरु आधुनिक प्रबिधि प्रयोग गरेर बित्तीय बिबरण प्रकाशन गर्न त परै जाओस, लगानीकर्ताको हित सोचेर अग्रगामी समेत हुन सकेका छैनन् । अहिलेको जमानामा कतिपय कम्पनीको वेभसाईट समेत नहुनु लाजमर्दो कुरा हो ।
राजधानीमा छापिएको एउटा पत्रिका नेपालका ७५ जिल्ला र दुरदराजमा पूग्न हस्ता दिन भन्दा बढी लाग्ने गरेको छ । तर पब्लिक कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले लाखौ रुपैयाँ तिरेर छाप्ने त्यही बिबरण ४, ५ वटा अनलाईनहरुमा बिहान एकसाथ राखिदिने हो भने देशका कुनाकाम्चाका लगानीकर्ता मात्रै हैन, विश्वभर एकैसाथ लाखौले पढ्न सक्छन् भन्ने सोच कम्पनीका संचालक र नियमनकारी निकायहरुको दिमागमा पर्न नसक्नुलाई अचम्म मान्नुपर्छ । एउटा पत्रिकामा अपस्किृत बित्तीय बिबरण र अर्कोमा केही दिनपछि कार्यकारी प्रमुखको स्वघोषणा छाप्नेहरुको दिमागमा यस्तो सोच कसरी आओस् ?
पत्रिकाका साथै अनलाईनहरुमा पनि एकसाथ बित्तीय बिबरण राख्ने ब्यवस्था गर्ने हो भने लगानीकर्ताले खोजेको बेलामा त्यस्तो बिबरण पाउनसक्छन् । अनलाईनहरुमा यस्तो बिबरण राख्न धेरै रकम खर्च गर्नै पर्दैन, कतिपयले निशुल्क पनि गर्नसक्छन् । सारा कम्पनीहरुले आफ्नो त्रैमासिक बिबरण अनलाईनमा राख्दा त्यसको स्वस्फुर्त भण्डारण पनि तयार हुन्छ र बर्षौबर्षसम्म लगानीकर्ता र सरोकारवालाहरुले उपयोग गर्नसक्छन् । यसबाट आफ्ना लगानीकर्ता मात्रै हैन, सम्बन्धित कम्पनीले पनि फाईदा लिनसक्छ ।
अहिलेको जमानामा पनि पत्रिका काटेर फाईलिड. गरी राख्ने सोच नत्याग्ने हो भने कसरी आधुनिक भईन्छ ? एउटा कुनै बैंक, बित्तीय संस्था वा कम्पनीको बिबरण थाहा पाउन सामान्य लगानीकर्ताले १० वटा दैनिक पत्रिका किन्नुपर्ने झंझट र खर्चको भारी बोकाएर संचालकहरु नियमले दिएको दायित्व पुरा गरेको ठानिरहेका छन् । त्यो यसकारण घातक छ कि एउटै पत्रिका र एउटै पानामा दुबै बिबरण नहुँदा उनैका कम्पनीका लगानीकर्ताले उनीहरुलाई सरापिरहेका हुन्छन् ।
नेपाल धितोपत्र बोर्डले हालै हकप्रद शेयर निश्काशन र नबिकेको हकप्रद शेयर लिलामी सम्बन्धी सूचना अनलाईनहरुमा पनि अनिबार्य रुपमा राख्ने निर्देशन जारी गरेर सकारात्मक सुरुवात गरेको छ । अब बोर्डले त्रैमासिक बित्तीय बिबरणहरुलाई पनि अनिबार्य रुपमा अनलाईनहरुमा राख्नुपर्ने ब्यवस्था गरे यो बजार आधुनिकीकरण र लगानीकर्ताको हित संरक्षणमा अर्को क्रान्तिकारी कदम हुनेथियो । अत्यन्त न्युन शुल्क वा निशुल्क रुपमा मेरोलगानी डटकमलगायतका अनलाईनहरुले यो सेवा दिनसक्छन् । यसो गर्दा ईन्टरनेट पुगेका नेपालका दुरदराजका लगानीकर्ताले सुबिधा पाउने मात्रै हैन, राजधानीमै रहेर पनि पत्रिका पढ्न नपाउने लगानीकर्ता र बिदेशमा रहेका नेपालीहरुमा समेत सूचनाको प्रभावकारिताले काम गर्ने थियो ।
नोटः चित्रहरु ईन्टरनेटबाट लिईएको हो ।