तीन कम्पनी मिलेर बलियो बन्यो सिद्धार्थ डेभलपमेन्ट बैक,जेठ २८ देखि एकिकृत कारोबार

Jun 01, 2016 Mero Lagani

एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई गाभेको सिद्धार्थ डेभलपमेण्ट बैंक (SDBL) ले यहि जेठ २८ गते बाट एकिकृत कारोबार संचालन गर्ने भएको छ । यी तीन कम्पनी गाभिएर बनेको नयाँ कम्पनी सिद्धार्थ डेभलपेमन्ट बैंकको नामबाट संचालनमा आउने भएको छ ।सिद्धार्थ डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको पूँजीवृद्धि योजना पश्चात मर्जर सम्झौता गर्ने पहिलो बैंक हो ।

 

तीनकुने काठमाण्डौं स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, बुटवलमा केन्द्रीय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको एकता विकास बैंक लि. तथा नेपाल आवास फाइनान्स कम्पनि लि. काठमाण्डौं बीच एक आपसमा गाभिएका हुन् ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजि रु. १ अर्ब १४ करोड ४४ लाख ९० हजार हुनेछ । बैंकको कुल निक्षेप रु. १० अर्ब ७ करोड, कर्जा रु. ८ अर्ब ५५ करोड हुनेछ भने पंूँजि कोष १२.८४ प्रतिशत र निश्क्रिय कर्जा ३.५३ प्रतिशत हुनेछ । मर्जर पश्चात बैंकको शाखा संख्या २९ हुनेछ ।

 

मर्जर पश्चात बन्ने नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड रहनुका साथै अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दुबै सिद्धार्थ डेभलपमेन्ट बैंक लि.को तर्फबाट रहनेछन् ।

......................................................................................................................................................डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।