मन्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद पारित

Jun 09, 2016 Mero Lagani

मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसन (MFIL) को विषेश साधारण सभाले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । कम्पनीले १ बरावर १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न भएको छ ।विशेष साधारण सभाबाट पारितभएसँगै तत्कालै हकप्रद जारी गरिने कम्पनीले जानकारी दिएको छ ।


हाल कम्पनीको फाइनान्सको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ ।हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्ने छ । संस्थाले आर्थिक वर्ष २०७२/२०७३ को तेश्रो त्रैमासमा २ खर्ब ५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३ करोड ३० लाख खुद नाफा गरी प्रतिशेयर आम्दानी १७ रुपैयाँ कायम गरेको छ । यस बर्ष र अर्को बर्षको खुद नाफाबाट बोनस दिएर उसले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड पुर्याउने देखिन्छ ।

पहिले लुम्बिनी बैंकसँग मर्जमा जाने कुरा चलेर बीचमा भाँडिएपछि मन्जुश्री आफै फाईनान्स कम्पनीमा टिकिरहने सोचमा लागेको हो । निक्षेप र कर्जा परिचालन बढाउँदै लगेको फाईनान्सको जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । निस्क्रिय कर्जा अनुपात बढेर ४.२५ पुगेको फाईनान्सको मूल्य आम्दानी अनुपात १३.०४ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्रीको काठमाडौंकै न्युरोड तथा चितवनको नारायणगढमा शाखा कार्यालय रहेको छ ।

 

...............................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।