नेपाल बैंकको साधारण सभाले के गर्यो ?

Jun 10, 2016 Mero Lagani

सरकारको धेरै स्वामित्व रहेको नेपाल बैंक (NBL) को ५६ औं वार्षिक साधारण सभाले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकले सबल हुँदै आफ्नो अहिलेको अवस्था अझै सुधार गर्दै अघि बढ्ने भएको छ । हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूजी ८ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।

बैंकको शुक्रबार सम्पन्न साधारण सभाले लगानीकर्तालाई २३ दशमलव ७४३ प्रतिशत हकप्रद शेयर दिने सञ्चालक समितिको निर्णय पारित गरेको हो ।

गत चैत ६ गते बसेको बैंक संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको थियो । त्यसै गरि बैंकको साधारण सभाले अरु बैंक तथा वित्तीयसंस्थासंग मर्जर वा एक्विजिशनमा जान संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्रीपश्चात चुक्ता पूजी ८ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ६४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले ८२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैत मसान्तमा बैंकको जगेडाकोष ९४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो त्रैमासमा बैंकको जगेडाकोष डेढ अर्ब बढीले नकरात्मक थियो । 

अहिले बैंकमा सरकारको ६२ दशमलव ६३ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत हिस्सा रहेको छ ।

बैंकले आफ्नो पूँजीकोष सुधारका लागि आफ्नो स्वामित्वमा रहेका बिभिन्न चार कम्पनीका शेयर र घरजग्गा बेचेर पुर्ति गर्ने प्रयास गरिरहेको छ । यस क्रममा केही संस्थाका शेयर बिक्रि भैसकेका छन् भने केहीका बिक्रि हुने प्रकृयामा रहेका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।