नेपाल बंगलादेश बैंकले गर्यो ८० प्रतिशत हकप्रद जारी गर्ने निर्णय

Jun 12, 2016 Merolagani

नेपाल बंगलादेश बैंक(NBB)ले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद शेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४ करोड रहेकोमा हकप्रद जारीपछि ५ अर्ब ४७ करोड नाघ्ने छ ।

 

 

राष्ट् बैंकको निर्देशन अनुसार आठ अर्ब पूँजी पूर्याउन कुनै ठोस कदम नचालेको बंगलादेश बैंकले हकप्रद शेयर निष्काशन गर्ने चर्चाले पछिल्ला दिनहरुमा शेयर मूल्य र कारोबार बढेको थियो। रिलायबल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीहरुसँग मर्जरको पहल गरेपनि सफल हुन नसकेपछि लगानीकर्ताहरुले एनबी बैंकले ठुलो मात्रामा हकप्रद निष्काशन गर्ने अनुमान गर्दे आएका थिए ।

 

२०७४ असार मसान्तसम्म चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्नेमा अहिलेसम्म पनि कुनै अर्को संस्थासँग मर्जर सम्झौता नगरेपछि ठुलो मात्रामा हकप्रद आउने आशमा लगानीकर्ताहरु एनबी बैंकको शेयर खरिदको क्रम बढाएका थिए । ४१ प्रतिशत शेयर बंगलादेशीहरुको स्वामित्वमा रहेको एनबीमा अरुको स्वामित्व बढेको स्वीकार नगर्ने बंगलादेशी साझेदारहरुको मनसायपछि हकप्रद निश्काशनको निर्णयमा पुगिएको बताईएको छ । 

ज्वाईन्ट भेन्चर भएकाले हकप्रद हाम्रा लागि उत्तम बिकल्प हो - ज्ञानेन्द्र ढुङ्गाना, प्रमुख कार्यकारी, एनबी बैंक 

तीन अर्ब ४ करोड चुक्ता पूँजी रहेको नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १९ करोडले बढाएको छ । उसले खुद नाफा ७० करोड नघाएर प्रतिस्पर्धी बाणिज्य बैंकहरुमा चर्चा बटुलेको हो । बिगतमा बिग्रिएर राष्ट्र बैंकको कारबाही र नियन्त्रण भोगी बंगलादेशी साझेदारहरुको बाहुल्यता भएपछि आशाको नयाँ किरण छर्न थालेको बंगलादेश  बैंकको प्रति शेयर आम्दानीमा पनि १० प्रतिशतले बढोत्तरी भएर ३१ रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जा अनुपात घटेर १.६३ प्रतिशतमा झरेको छ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।