सानिमा माइ हाइड्रोले गर्यो शतप्रतिशत हकप्रदको निर्णय, निर्णय अघि यसरी बढाइयो शेयर मुल्य

Jun 22, 2016 Mero Lagani

पछिल्ला ३ दिनदेखि अस्वभाविक रुपमा शेयर मुल्य आकाशिएको सानिमा माइ हाइड्रो (SHPC) ले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । तर कम्पनीको निर्णय बाहिर आउनुभन्दा ३ दिन अघि नै बजारमा हकप्रदको हल्ला फैलाएर अस्वभाविक रुपमा शेयर मुल्य उरालिएको छ ।

हाइड्रो सञ्चालक समितिको बैठक बुधबार बसे पनि बैठकले गर्ने निर्णय केही दिन अघि नै बजारमा सिमित लगानीकर्तासम्म पुगेका कारण ३ दिन सम्म कम्पनीको शेयर मुल्य निरन्तर रुपमा अस्वभाविक ढंगले बढेको थियो ।
आइतबार ५ रुपैंयाले घटेर ८ सय ७५ रुपैंया प्रतिकित्ताका दरले अन्तिम पटक कारोबार भएको सानिमा माइको शेयर मुल्य सोमबार एकाएक हकप्रदको हल्ला फैलाएर ९ सय ३५ रुपैंया पुर्याइएको थियो । हल्लाका कारण नै मंगलबार १ हजार २८ रुपैंया पुर्याएको शेयर मुल्य बुधबार निर्णय बाहिर आउनु पहिले नै १० प्रतिशतले बढेर १ हजार १ सय २२ रुपैंया पुर्याइएको छ ।

 

 

लगातार १० प्रतिशतको हारहारीमा ३ दिन शेयर मुल्य बढाइ सके पछि मात्र बसेको कम्पनी सञ्चालक समितिको निर्णय बुधबार मध्यान्ह मात्र नेपाल स्टक एक्स्चेञ्जको वेबसाइटमा प्रकाशित भएको हो । यसरी औपचारिक निर्णय नभई बजारमा कम्पनीका सिमित व्यक्तिले हल्ला फैलाउने अनि आफन्तका नाममा पहिले शेयर किनेर निर्णय हुने समयमा बेच्ने गलत परिपाटीका कारण पछिल्लो समय लगानीकर्ता जोखिम मोल्न बाध्य छन् । भलै लामो समय लगाएर उनीहरुको लगानी उठ्ने भए पनि सुचना चुहाएर त्यहि शेयरको कारोबारबाट अर्बौ रुपैंया उठाएर यस्ता कम्पनीका संस्थापकहरुले त्यहि रकमलाई हकप्रदमा लगानी गरिरहेको कुरा कतै लुक्न सक्दैन ।

 

 हकप्रद निष्काशन हुने निर्णयलाई कम्पनीले आगामी साधारण सभाबाट पारित गर्नु पर्ने भए पनि बुधबार अधिक मुल्यमा शेयर किनेका लगानीकर्ता भने बिहीबार नाफा कमाउन पाउलान वा नपाउनलान भन्न सकिन्न । किनकी कम्पनीले अहिले नै हकप्रद शेयर निष्काशन गर्ने हैन भने हकप्रद निष्काशनको समयसम्म महंगो मुल्यमा शेयरमा लगानी गर्ने कि नगर्ने भन्ने प्रश्न लगानीकर्तामा उब्जिएको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुर्याउने छ । चालु आर्थिक वर्षको चैत मसान्तमा २ करोड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाले जगेडा कोष नकरात्मक रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंया मात्र लगानी गरेको छ । उक्त अवधिमा २६ करोड रुपैंयाको विद्युत बिक्रि गरेको कम्पनीले ६ करोड २४ लाख ३१ ह्जार रुपैंया खुद नोक्सान व्यहोरेको छ ।

प्रतिशेयर आम्दानी ५ रुपैंया ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैंया ७४ पैसा छ ।

शेयर बजारमा बुर्कुसी मारेर मूल्य बढ्ने जलबिद्युत कम्पनीहरुको अबस्था कस्तो छ ? ( बिबरणसहित)

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।