२ दिनमा हकप्रद निष्काशनको अनुमति पाउने ४ कम्पनी कुन् कुन् हुन् ?

Jun 24, 2016 Mero Lagani

नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशनका लागि ४ वटा कम्पनीहरुलाई स्वीकृति दिएको छ । बोर्डले एउटा बीमा कम्पनी, २ वटा विकास बैंक र एउटा फाइनान्सलाई पछिल्लो पटक हकप्रद शेयर निष्काशनको अनुमती दिएको हो । ४ कम्पनीले कुल ३७ लाख ३२ हजार कित्ता हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

हकप्रद शेयर निष्काशनको अनुमती पाउनेहरुमा कसमस डेभलपमेण्ट बैंक (CSDBL)ले १ बराबर १ अर्थात शतप्रतिशत, अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL) ले ३ बराबर २ दशमलव ०८४ कित्ता, सुर्या लाइफ इन्स्योरेन्स (SLICL) ले ४ बराबर १ अर्थात २५ प्रतिशत र युनाइटेड फाइनान्स (UFL) ले पनि ४ बराबर अर्थात २५ प्रतिशत हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

५ करोड ३ लाख १२ हजार रुपैंइा चुक्ता पूँजी रहेको कसमस डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९३ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको छ । बुधबार प्रतिकित्ता शेयर ६ सय १० रुपैंयामा किनबेच भएको कसमसको प्रतिशेयर आम्दानी २४ रुपैंया ७३ पैसा छ ।

त्यसै गरि ११ करोड ८० लाख रुपैंया चुक्ता पूँजी रहेको अल्पाइन डेभलपमेण्टले चैत मसान्तसम्ममा २ करोड ४१ लाख ३५ हजार रुपैंया खुद नाफा गरेको छ । बिहीबार प्रतिकित्ता शेयरको ६ सय २० रुपैंयामा कारोबार भएको बैंकको प्रतिशेयर आम्दानी २० रुपैंया ४२ पैसा छ ।

५० करोड रुपैंइा चुक्ता पूँजी रहेको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्मा ७९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको छ । सुर्य लाइफको बिहीबार प्रतिकित्ता शेयर १ हजार २ सय ३० रुपैंयामा किनबेच भएको छ ।

बिहीबार ४ सय ८ रुपैंया प्रतिकित्ताका दरले शेयर कारोबार भएको युनाइटेड फाइनान्सले चैत मसान्तसम्ममा ७ करोड ४३ लाख रुपैंया खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी २१ रुपैंया ३८ पैसा रहेको फाइनान्सको चुक्ता पूँजी ४६ करोड ३९ लाख ३५ हजार रुपैंया रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।