इन्भेष्टमेण्ट बैंकको एफपिओ नेप्सेमा सूचीकृत, कहिले होला कारोबार ?

Jun 27, 2016 Mero Lagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले निष्कासन गरेको नयाँ शेयर अर्थात एफपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत फागुनमा ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । सर्बसाधारणको हिस्सा बढाउन बैंकले एफपिओ बिक्री गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरमा ५०१ रुपैयाँ प्रिमियम मूल्य थपेर एफपिओ निष्कासन गरेको थियो ।



एफपिओ निष्कासन पश्चात ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया पुगेको छ । जगेडाकोष बढेर ९ अर्ब ८८ करोड पुगेको छ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा १ अर्ब ८३ करोड खुद नाफा कमाएको छ । तेस्रो त्रैमाससम्मा बैंकले निक्षेप एक खर्ब १२ अर्ब ६३ करोड नघाएको छ भने कर्जा प्रबाह पनि ६६ अर्बबाट ८१ अर्ब नघाएको छ । बैंकको प्रति शेयर आम्दानी ३३.६७ रुपैयाँ रहेको छ, मूल्य आम्दानी अनुपात ३२.७० गुणा, पूँजी कोष १६.१२ प्रतिशत कायम भएको छ । निस्क्रिय कर्जा ०.७८ प्रतिशत रहेको छ ।

बैकले निष्कासनको गरेको एपपिओमा साना लगानीकर्ताले ३२.४७ प्रतिशत तथा ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत शेयर पाएका थिए ।

बैंकले निष्कासन गरेको एफपिओ नेप्सेमा सूचिकृत भएपनि कारोबार गर्न भने अझै हप्ता दश दिन लाग्ने भएको छ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार एपपिओको शेयर केन्द्रीय निक्षेप प्रणाली सिडिएससीमा सूचिकरण प्रक्रियामा रहेको छ । सिडिएससीमा सूचिकरण भएपश्चात शेयरधनीको डिम्याट खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् । यो प्रक्रिया पुरा गर्न कम्तिमा एक साता र बढीमा दश दिन लाग्ने एनआइबिएल क्यापिटलले जनाएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।