रिलायबल डेभलपमेन्टको बोनश पारित, एक बराबर एक हकप्रद जारी गर्ने

Jul 04, 2016 mwrolagani

रिलायबल डेभलपमेन्ट बैंक (REDBL) ले एक बराबर एक हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको दशौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट  दश प्रतिशत बोनश शेयर वितरण पश्चात हकप्रद जारी गर्ने प्रस्ताव  पारित गरेको हो । साथै बैंकले बैंककोे सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउने तयारी थालेको छ ।

लामो समयदेखि बिभिन्न बाणिज्य बैंकसँग मर्जको कुरा चलाएर टुंगोमा पुग्न नसकेपछि आफै पूँजी बढाएर बिकास बैंकमै टिकिरहने सोचले बैंकले बोनस र हकप्रदको अबधारणा ल्याएको हो । रियालयबलले नेपाल बंगलादेश बैंक लगायतसँग मर्जरका बारेमा पटक पटक कुरा चलाए पनि टुंगोमा पुग्न नसकेपछि बोनस र हकप्रद जारी गरी चुक्ता पूँजी दुइ अर्ब ५० करोड पुर्याएर आफै टिक्ने बाटोमा गएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीमा दश प्रतिशत बोनश शेयर वितरण पश्चात शतप्रतिशत हकप्रद जारी गर्नेछ । हाल रिलायबलको चुक्ता पूँजी ७३ करोड छ । बोनश वितरण पश्चात बैंकको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ भने हकप्रद वितरण पश्चात त्यसको दोब्बर पूँजी पूग्नेछ । गत आर्थिक बर्षमा ९ करोड ९५ लाख खुद नाफा गरेको थियो । प्रति शेयर आम्दानी १२ रुपैयाँ थियो । बैंकको जगेडा कोषमा १९ करोड रहेको छ ।

साधारण सभामा बैंकका सिइओ नारायण बाबु लोहनीले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आ.व. २०७२/७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताए ।

ज्ञानेश्वर, काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल १५ वटा शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ र थप शाखाहरु मार्फत सेवा विस्तार गर्ने योजना लिएको छ । यस बैंकको ३६०० भन्दा बडी एजेन्टहरु रहेको “रिलायबल रेमिट” र १० जिल्ला कार्यक्षेत्र रहेको सहायक संस्था “रिलायबल माइक्रोफाईनान्स” पनि संचालनमा रहेको छ । यस वर्ष पनि बैंकले आफ्नो व्यवसायमा उच्च वृद्धि गर्ने लक्ष्य लिएको छ ।

............................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।