धेरै आइपिओ आउँदैछन्, डिम्याट खाता खोल्नु भयो ? छैन भने खोल्नुस्

Jul 04, 2016 Mero Lagani

धितोपत्र बोर्डले असार दोस्रोसातामा मात्र २ लघुवित्त कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमती दिएको छ । लगानी गर्ने सोचमा हुनुहुन्छ भने सम्झिनुस् धितोपत्र बोर्डले केही समय अघि साउन १ देखि आइपिओमा पनि डिम्याट खाता अनिवार्य गराएको छ । भनाईको तात्पर्य यो हो कि, अब आउने कुनै पनि साधारण शेयरको आवेदन गर्दा तपाईले डिम्याट खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ ।

धितोपत्र बोर्डले केही समय अघि साधारण शेयर भर्दा राजधानीबासीले साउन १ देखि अनिवार्य रुपमा डिम्याट खाताको विबरण उपलब्ध गराउनु पर्ने व्यवस्था लागू गरेको थियो । साधारण शेयर आवेदन गर्दा राजधानीका संकलन केन्द्रमा तपाईले डिम्याट खाताको विबरण नराखी शेयर आवेदन गर्नुभयो भने त्यो आवेदन रद्ध हुन सक्छ । तसर्थ तपाईले अब सबैभन्दा छिटो निष्काशन हुने नेशनल माइक्रोफाइनान्सको साधारण शेयर भर्दा पनि डिम्याट खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्छ ।

राजधानी बाहिरका लगानीकर्ताको हकमा भने यो व्यवस्था आगामी माघ १ गतेबाट अनिवार्य गरिएको छ । तर राजधानीबासीले भने केही नहोला डिम्याट खाता पछि खोल्छु भनेर शेयर आवेदन गर्नुभयो भने तपाईको फारम स्वीकृत हुँदैन र भई हाल्यो भने पनि पछि बाँडफाँडका दौरान रद्ध गरिएको सूचीमा पर्नेछ । माघ १ देखि राजधानी बाहिरका आवेदकको हकमा पनि यस्तै हुँदैछ ।

३ वटा लघुवित्त कम्पनीले साधारण शेयर निष्काशनको अनुमती पाइसकेको सन्दर्भमा अरु केही कम्पनीहरुले पनि शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । थप कम्पनीहरु पनि शेयर निष्काशन गर्ने तरखरमा रहेका छन् ।

धितोपत्र बोर्डले चरणबद्ध रुपमा दोस्रो बजारमा पनि डिम्याट शेयरको कारोबारलाई अनिवार्य गराई सकेको छ । गत माघ १ देखि डिम्याट नभएका शेयर कारोबार नहुने व्यवस्था लागू भए पछि साधारण शेयर निष्काशनको क्रममा पनि डिम्याट खाता अनिवार्य गरिएको हो ।

यसले गर्दा कागजी शेयर प्रमाणपत्र लिएर फेरी डिम्याट गर्न जानु पर्ने झण्झटबाट तपाईले मुक्ति पाउनु हुनेछ भने कागजी प्रमाणपत्र छाप्नु नपर्ने भएकाले अहिलेको भन्दा छिटो गरेर शेयर बाँडफाँड तथा सुचीकरण गर्ने सक्ने अवस्था देखिन्छ, तर देश भरी यो व्यवस्था लागू भए पछि मात्र त्यो सम्भव छ ।

आइतबार बेलुकासम्ममा ३ लाख ७१ हजार ७ सय ३१ व्टा डिम्याट खाता खोलिएको केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले जनाएको छ । उसका अनुसार केही व्यक्तिको दोहोरो खाता पनि भएकाले अहिलेको डिम्याट खाताको संख्याको अधिक हिस्सा दोस्रो बजारमा कारोबार गर्नेहरुको हो । साधारण शेयर मात्र भर्नेहरुको हकमा भने थोरै हिस्सामा मात्र डिम्याट खाता खोलिएको आंकलन गरिएको छ ।

बजारमा भइरहेका नयाँ कृयाकलापका सम्बन्धमा जानकार नहुने भएका कारण पनि मौसमी रुपमा शेयर भर्ने लगानीकर्ता डिम्याट खाता खाल्न गएका छैनन् । अब डिम्याट खाता नखोली शेयर भर्न न्पाईने भएकाले यो संख्यामा वृद्धि हुने देखिन्छ ।

डिम्याट खाता खोल्ने सम्बन्धमा भएका सोधपुछलाई मात्र आधार मान्ने हो भने पनि साधारण शेयरमा आवेदन गर्ने अधिकांसलाई यसको प्रकृयाका सम्बन्धमा जानकारी नभएको बुझिन्छ ।

केन्द्रिय निक्षेप प्रणाली सिडएससीको सदस्य बनेका मर्चेण्ट बैंकर तथा केही ब्रोकर कम्पनीमा गएर लगानीकर्ताले सहजै डिम्याट खाता खोल्न सक्छन् । इन्टरनेट चलाउन जान्ने लगानीकर्ताले इमेल आइडि सहित नागरिक्ता, फोटो र तोकिएको महशुल तिरेर डिम्याट खाता खोल्न सक्छन् । इन्टरनेट चलाउन जान्नेले डिम्याट खाता खो्ले पछि आफ्नो डिम्याट खातामा भएको शेयरको विबरण आफुलाई पायक स्थानबाट हेर्न सक्छन् ।

सिडिएससीको डिपी सदस्यता पाएका कम्पनीहरुको संख्या ५६ छ । सूची हेर्न यहाँ क्लिक गर्नुहोस् । यी ५६ वटा डिपी मध्ये केही मर्चेण्ट बैंकरहरुले आफ्नो माउ कम्पनी अर्थात आफ्नो बैंकबाट पनि डिम्याट खाता खोल्न सकिने सेवा दिंदै आएका छन् । माथि दिइएको लिंकमा भएका कुनै पनि कम्पनीमा सम्पर्क राखेर डिम्याट खाता खोल्न सकिन्छ । यसका लागि डिपीले तपाईसंग १ सय ५० रुपैंया शुल्क लिन्छन् । केही स्थानमा भने १ सय रुपैंयामा पनि डिम्याट खाता खोल्न सकिन्छ ।

थप तीन लघुवित्तले साधारण शेयर निष्काशन गर्ने

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।