मेरो माइक्रोफाइनान्सको शेयर कारोबार खुल्यो

Jul 05, 2016 merolagani



नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आजबाट मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (MERO) को शेयर कारोबार खुलेको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता शेयरमूल्य न्यूनतम् १३१ रुपैयाँदेखि अधिक्तम ३९२ रुपैयाँ तोकेको छ ।बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य बढिरहेको बेला मेरो माइक्रोफाइनान्समा पनि लगानीकर्ताको आर्कषण बढ्ने देखिन्छ । कम्पनीको कारोबार कोड MERO रहेको छ ।



गत साता माइक्रोफाइनान्सले २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गराएको थियो । कम्पनीले प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर सूचीकरण गरेको हो ।

कम्पनीले ५ लाख ५६ हजार ९२० कित्ता सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गरेको हो ।

कम्पनीले गत फागुनमा ६ लाख १२ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । साधारण शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २० करोड रुपैंया पुगेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।