
मंगलबार नेप्से ३.८ अंकले घटेर १७१३.०३ अंकमा झरेको छ । दिनभरमा बजारमा एक अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै २५ करोड रुपैयाँ कम हो ।
जलविद्युत, उत्पादन र अन्य समुह उकालो लागेपनि बजारमा धेरै कारोबार हुने वाणिज्य बैंक, बीमा, लघुवित्त समावेश विकास बैंक र वित्त समुह घटेपछि बजार ओरालो लाग्न पुगेको हो ।
अघिल्ला दिनहरुमा मौद्रिक नीतिमा लघुवित्त सस्थाको पुँजी बढाउने अनुमान गर्दै माइक्रोफाइनान्समा लगानीकर्ता ओइरिएका थिए जसले गर्दा लघुवित्त सस्थाको सेयर मूल्य बढेको थियो । यसबीचमा नाफा आर्जन गर्नेहरु नाफा सुरक्षित गर्न तर्फ लाग्दा पनि बजारमा गिरावट देखिएको हो ।
मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७५ दशमलव ५१ अंकले घटेको छ । त्यस्तै विकास बैंक १६ दशमलव ६४,फाइनान्स ६ दशमलव ८५,होटल ३ दशमलव ८३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह ० दशमलव २२ अंकले ओरालो लागेको छ ।
यता उत्पादन, अन्य र जलविद्युत समुह भने क्रमश २३ दशमलव १२,५ दशमलव ८७ र ५ दशमलव १ अंकले उकालो लागेको छ ।

कारोबार धेरै हुने सस्थामा राष्ट्यि बीमा कम्पनी अग्रस्थानमा परेको छ । यो कम्पनीको ६ करोड ६१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको छ । सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा पनि यही कम्पनी रहेको छ । राष्ट्यि बीमा कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेर १७ हजार १ सय ४१ रुपैयाँ पुगेको छ ।
त्यसपछि उच्च कारोबार गर्ने एभरेष्ट बैंक, रुलर माइक्रो फाइनान्स, लुम्बिनी इन्सयोरेन्स, नबिल संस्थापक र फस्ट माइक्रोको पनि चार करोड बढीको कारोबार भएको छ ।
घटेको बजारमा आधादर्जन बढी सस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बृद्धि भएको छ । राष्ट्यि बीमा कम्पनी, बोटलर्स नेपाल, अल्पाइन डेभलपेमन्ट, साझा विकास नमस्ते वित्तीय संस्था, सिनर्जी फाइनान्स, टुरिजम डेभलपेमन्ट लगायतका कम्पनीको शेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । यसदिनको बजारमा ठुला कम्पनीका भन्दा साना कम्पनीका लगानीकर्ताले कमाउनेमा परेका छन् ।

कालिका माइक्रो क्रेडिटका लगानीकर्ताले धेरै गुमाएको बजारमा सगरमाथा इन्स्योरेन्स, रुलर माइक्रो, फस्ट माइक्रो निर्धन उत्थान,लक्ष्मी लघुवित्त लगायतकाले धेरै गुमाएका छन् ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................