कहिले पाइन्छ लगानीकर्ता पहिचान कार्ड ?

Jul 07, 2016 Mero Lagani

नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानी गर्न आउनेहरुको पहिचान तथा सेवा सुबिधाका लागि लगानीकर्ता पहिचान कार्ड (ईन्भेष्टर आईडी) साउनदेखि अनिबार्य रुपमा लागु गर्ने निर्णय गरेको थियो । 

अर्को आर्थिक बर्षा लाग्न एक साता मात्र बाँकी रहँदा धेरै लगानीकर्तामा यो पहिचान कार्ड कहिले पाईएला भन्ने उत्सुकता जागेको पाईएको छ । 

धितोपत्र बोर्डले सिडिएससी अर्थात केन्द्रीय निक्षप प्रणाली मार्फत यस्तो कार्ड जारी गर्ने निर्णय गरे पछि केही समय अघि यसको चर्चा चुलिएको थियो । तर बोर्डले गरेको निर्णय कार्यान्वायनमा नआएका कारण साउनबाट लगानीकर्ता पहिचान कार्ड आउने प्रसंग चर्चामा मात्रै सिमित हुने भएको भएको छ । 

बोर्डले सिडिएससी मार्फत कार्ड जारी गर्ने निर्णय गरेकोमा सिडिएससीले अहिलेसम्म यस विषयमा कुनै प्रकृया अघि बढाउन नसकिएको जनाएको छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले मेरो लगानीसंगको कुराकानीमा भने ‘अहिले डिम्याटमा अधिक चाप भएका कारण अरु काममा हात हाल्न सकिएको छैन, डिम्याट संगै पहिचान कार्डको पनि का मगर्ने कि भन्ने सोच आएको थियो । तर हाललाई त्यो सम्भव भएन, अब केही समय पछि यसको आवश्यक गृहकार्य सुरु हुन्छ ।’

सीडीएससीको यस्तो स्पष्टिकरणले लगानीकर्ताले तत्कालै पहिचान कार्ड नपाउने पक्का भएको छ । 

भारतमा लागु गरिएको  ग्राहक पहिचानको निबेदन ढाँचा 

 

 नेपालमा कसरी लागु गर्न सकिन्छ ? 

 नेपालको शेयर बजारलाई आधुनिकीकरण गर्न भारतीय स्टक एक्सचेन्जको प्रबिधि र सहयोग लिईएकोले भारतमा ईन्भेष्टर आईडी लागु गर्दा के कस्तो प्रक्रिया अपनाईयो भन्ने जान्नु सान्दर्भिक हुन आउँछ ।

नेपालमा जस्तै भारतमा पनि सन् २०११ अघि शेयर दलालको कार्यालयमा लगानीकर्ताको नाम दर्ता गर्न र कारोबार कोड लिन, हितग्राही खाता खोल्न, बैंक खाता खोल्न होस् वा अन्य काम गर्न हरेक कार्यालयमा कागजपत्र लिएर दौडिनुपर्दा लगानीकर्ता हैरान थिए । जहाँ जाउ सक्कली कागज पत्र, फोटोकपी गरिएको कागज र फोटो लिएर जानु पर्दथ्यो र त्यसको प्रमाणिकरण गराउन, डकुमेन्ट स्क्यान गर्न, अपलोड गर्न र खाता खोल्न घण्टौ लाममा बस्नुपर्दथ्यो ।

सन् २०११ मा भारतको धितोपत्र बजार नियामक  (सेबी) ले  नियमावली पारित गरी ग्राहक पहिचान बिबरण दर्ता गर्ने निश्चित उद्धेश्यको कम्युटर एज म्यानेजमेन्ट कम्पनी प्राईभेट लिमिटेड( सीएएमएस) स्थापना गरायो । यसैको सहायक कम्पनीको रुपमा सीएएमएस ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड ( सीआईएसपीएल) खोलियो र यस अन्र्तगर्त ग्राहक पहिचान बिबरण दर्ता एजेन्सी (.. सीएएमएस केआरए ) ले सेवीका लागि ग्राहक पहिचान बिबरण संकलन र सट्वेयरमा अपडेट गर्ने काम गर्न थाल्यो । यो एउटा बिशुद्ध नाफामुलक प्राईभेट कम्पनी थियो । यसले लगानीकर्ताका सबै बिबरण र कागजात ब्यवस्थित किसिमले राखी धितोपत्र बजारका सम्बद्ध निकायहरुलाई उपलब्ध गराउने उद्धेश्य लिएको थियो ।

 

लगानीकर्ताले शेयर दलाल कहाँ कारोबार कोड लिनुपर्दा, डिम्याट खाता खोल्दा, बैंक खाता खोल्दा र साधारण शेयरमा लगानी गर्दा नै किन नहोस यही कम्पनीबाट बिबरण लिने ब्यवस्था मिलाईयो । लगानीकर्ताले अलग अलग ठाउँमा जाँदा सक्कल वा नक्कल कागजपत्रको मुठो लिएर जानुपर्ने बाध्यता खत्तम गरियो । निशुल्क रुपमा लगानीकर्ताले यो सुबिधा पाए । 

यो पूर्णत अनलाईन प्रणालीमा आधारित रहेकोले सम्बद्ध निकायको सहज पहुँचमा छ । तर सम्बद्ध निकायले लगानीकर्ताको यस्तो बिबरण माग्दा भने निश्चित रकम तिर्नुपर्ने हुन्छ । यसैबाट सो प्राईभेट कम्पनीको खर्च धानिने गरेको छ ।

एक पटक ग्राहक पहिचान बिबरण दर्ता गरिसके पछि कुनै पनि निकायमा दोहेरयाएर सोही कागजात दिई राख्नु पर्दैन र यस्तो झन्झटबाट ग्राहकले मुक्ति पाउँछ । भारतमा ग्राहक पहिचान बिबरण दर्ताको लागि मुख्य आधार स्थायी करदाता नम्बर ( प्यान) लाई बनाएको छ भने नेपालमा नागरिकतालाई बनाउन सकिन्छ । नागरिकता नहुने नाबालकको हकमा कम्प्युटर आफैले पहिचान नम्बर दिने विकल्पमा जान सकिन्छ । तर प्रमाण र ठेगाना चाहिँ त्यति नै महत्वपूर्ण हो । 

हरेक बर्ष हरेक ठाउँमा केवाईसी अपडेट गर्नुपर्ने झंझट पनि यसले समाप्त गर्यो र आफ्नो ब्यक्तिगत बिबरणमा परिवर्तन हुने बित्तिकै सीएएमएस केआरएमा केवाईसी भरेपछि अरुतिर दौडिनुपर्ने आबश्यकता नै पर्दैन ।

लगानीकर्ताको करदाता नम्बर उल्लेख गरिएको छ भने त्यही नै लगानीकर्ता पहिचान नम्बर हुने ब्यवस्था छ भने त्यो नभएको अबस्थामा कम्पयुटर प्रणालीले आफै लगानीकर्ता पहिचान नम्बर दिने गर्दछ । कम्पनी वा संगठित संस्थाको हकमा प्यान नम्बर नै लगानीकर्ता पहिचान नम्बर हुने गरेको छ ।

नेपालमा कसरी गर्ने ?

नेपालमा सबै नेपाली करको दायरामा आई नसकेको तर नागरिकता भने सबैसँग रहेकाले तत्कालका लागि नागरिकतालाई मूल आधार बनाईए पनि केही निश्चित समयपछि भने करदातामा दर्ता भएको पनि अनिबार्य गर्नु उपयुक्त हुन्छ ।

अहिले एउटा लगानीकर्ताले धेरै शेयर दलाल कहाँ कारोबार कोड लिएर कारोबार गर्दा हितग्राही खाता पनि अलग अलग रहेको र करदाताको रुपमा दर्ता पनि नभएको अबस्था हुँदा गन्जागोल छ । त्यस्तै बैंक खाता समेत नभएका लगानीकर्ता पनि छन् । अहिले दैनिक सक्रिय लगानीकर्ताको संख्या एक लाख भन्दा कम भएको अनुमान गरिएको बेला नै यसलाई ब्यवस्थित गरेमा भोलि बजार बिस्तार हुँदा सहज अबस्था आउने देखिन्छ । 

लगानीकर्ता पहिचान कार्ड लागु भएपछि शेयर बजारमा देखिएको झोले प्रबृत्ति अन्त्य हुने आशा धितोपत्र बोर्डले गरेको छ । अहिले एक ब्यक्तिले सयों ब्यक्तिको नाममा साधारण शेयरमा आबेदन गर्ने, फर्जी ब्यक्ति तथा कम्पनी खडा गरेर दोस्रो बजार प्रभावित पार्न कारोबार हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न सकिने बताईएको छ ।

भारतमा  सीएएमएस केआरए जस्ता लगानीकर्ता पहिचान बिबरणहरु राख्ने पाँच वटा ऐजेन्सी छन् । नेपालमा पनि एउटैलाई   मात्र एकाधिकार दिनु नहुने मत बिज्ञहरुको छ । 

नेपाल धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिड. लिमिटेड मार्फत लगानीकर्ता पहिचान कार्ड जारी गर्ने निर्णय लिएको छ । यदि भारतमा जस्तै अलग कम्पनी खडा नगर्ने हो भने सीडीएसलाई धानिनसक्नु कामको बोझ आउने छ र पहिचान कार्डको प्रभावकारिता पनि कम हुनसक्छ । सीडीएससीकै अलग शाखाले यो काम गर्ने हो भने पनि सरकारी ढिलासुस्सी र जनशक्तिको अभाव खडकिनसक्छ । त्यसैले छिटो छरितो रुपमा काम गर्न अलग्गै  कम्पनी बनाएर जाँदा चुस्त ब्यवस्थापन र लगानीकर्ताले गुणस्तरीय सेवा सुबिधा पाउने कुरा नकार्न सकिन्न ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।