नेपाल बैंकले पायो जनकपुर चुरोटमा फसेको ३६ करोड, तारागाउँको शेयर बेच्दा १० करोड फाइदा

Jul 10, 2016 Mero Lagani

नेपाल बैंक (NBL) ले जनकपुर कारखानामा फसेको ३५ करोड ७३ लाख रुपैंया रकम प्राप्त गरेको छ । अर्थमन्त्रालयले पठाएको सो रकम बराबरको चेक आइतबार मात्रै हात परेको बैंकका प्रमुख कार्यकारी देबेन्द्रप्रताप शाहले मेरोलगानीलाई बताए । उता नेपाल बैंकले लिलाम गरेको तारागाउँ रिजेन्सी होटल (TRH) को ७ लाख कित्ता शेयर बिक्रि हुँदा बैंकलाई १० करोड रुपैंया फाइदा भएको छ ।

जनकपुर चुरोट कारखाना बन्द भए पछि त्यसमा बैंकका तर्फबाट भएको लगानी लामो समयदेखि फसेको थियो । उक्त रकम सरकारले नेपाल बैंकलाई भुक्तानी गरे पछि बैंकको अवस्था थप सुदृढ भएको छ ।

 

उता तारागाउँ रिजेन्सीको ७ लाख कित्ता शेयर लिलाम गरेको बैंकले सबै शेयर बिक्रि भएको जनाएको छ । उक्त शेयर लिलामको जिम्मेवारी पाएको सिद्धार्थ क्यापिटलका अनुसार बैंकको सबै शेयर तोकिएको मुल्य भन्दा माथिको मूल्यमा बिक्रि भएको छ ।

क्यापिटलका अनुसार तारागाउँको शेयरका लागि प्रतिकित्ता न्युनतम २ सय १६ रुपैंयामा आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अधिकतम २ सय ६५ रुपैंयासम्मको आवेदन परेको हो । शेयर बाँडफाँडका दौरान न्युनतम २ सय ४३ रुपैंयादेखि २ सय ६५ रुपैंयासम्मको आवेदन दिनेलाई बैंकको ७ लाख कित्ता शेयर बाँडिएको छ ।

कुल ६६ जनाले तारागाउँको शेयरका लागि आवेदन दिएकोमा निर्धारित न्युनतम मूल्यभन्दा माथिको मूल्यमा शेयर माग्ने १४ जनाले मात्र शेयर सकार्ने मौका पाएका छन् । न्युनतम मूल्य २ सय ४३ रुपैंयाका दरले शेयर बिक्रि गर्दा बैंकले कम्तीमा पनि १७ करोड रुपैंया संकलन गरेको छ । यसमा प्ििरममय मात्र कम्तीमा १० करोड रुपैंया हुन्छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।