साना कम्पनीहरुको शेयर मूल्य धेरै बढ्दा कारोबार रकममा बाणिज्य बैंकहरुकै पल्लाभारी

Jul 27, 2016 merolagani

बुधवार नेप्से परिसुचक १९ सय अंक नजिक पुगेको छ । १४.९५ अंकले बढेको नेप्सेले १८८१.४५ अंकमा पुगेर ऐतिहासिक उचाई लिएको छ । अधिकांश सुमहको परिसूचक बढेपछि समग्र बजार उकालो लागेको हो । अघिल्लो दिनको तुलनामा ५० करोड रुपैयाँले कारोबार घटेपनि बुधबारको शेयरबजारमा २ अर्ब २६ करोड बराबरको शेयर किनबेच भएको छ ।

कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ९२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४३ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा २ अर्व २६ करोड ६४ लाखको रुपैयाँ बराबरको कारोबार भएको छ ।

वित्तीय क्षेत्रका सूचकहरु उकालो लागेपछि बजारले नयाँ उचाई लिएको हो । बजारमा बिमा, उत्पादनमूलक र अन्य समूहका सेयर मूल्य घटेका छन् ।

लुम्बिनी फाइनान्सको शेयरमूल्य दश प्रतिशतले बढेको बजारमा अन्य आठ कम्पनीको पनि मूल्य १० प्रतिशतकै हाराहारीले बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक,तारागाउँ रिजेन्सी, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, युनाइटेड फाइनान्स र सोल्टी होटल लगायतको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ ।

 

यसदिन दिन होटल समुहको सूचक १ सय ९५ दशमलव ३७ अंकले बढेको छ । त्यस्तै जलविद्युत ४५ दशमलव ३१, विकास बैंक ३३ दशमलव १८, बैंकिङ समुह १५ दशमलव ५१ र फाइनान्स समुह ५ दशमलव २१ अंकले उकालो लागेको छ । त्यस्तै वीमा, उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः २३ दशमलव ११, १३ दशमलव १४ र ७ दशमलव २२ अंकले ओरालो लागेको छ ।

 

बजारमा नेपाल बैंकको सबैभन्दा वढि शेयर किनबेच भएको छ । नेपाल बैंकको ११ करोड रुपैयाँको किनबेच भएको छ । सिद्धार्थ बैंकको नौं करोड ८० लाख र एनबी बैंक नौं करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै प्राइम बैंकको ८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सेन्चुरी बैंकको पौने ७ करोड माथि र एभरेष्ट बैंकको झन्डै सवा ६ करोड रुपैयाँको शेयर कारोबार भएकोा छ । त्यस्तै, एसबीआई बैंक, नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, माछापूछ्रे बैंक लगायतको साढे ५ करोडभन्दा माथिको कारोबार भएको छ ।

स्वरोजगार लघुवित्तका प्रोमोटर शेयरधनीले साढे ९ प्रतिशतले गुमाएका छन् । नेपाल इन्स्योरेन्स, एनअनईडीसी क्यापिटल, राप्ती भेरी विकास बैंक, रिलायबल डेभलपमेन्ट बैंक, देव विकास बैंक, भार्गव विकास बैंक लगायतले पनि गुमाएका छन् ।

 ...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।