नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रगति बिबरण हेरेपछि लगानीकर्ताले के निर्णय गर्ने ?

Aug 07, 2016 Merolagani

चुक्ता पूँजी धेरै भयो भने कम्पनीले पूँजी बढे अनुसार आम्दानी बढाउँन सक्दैन र प्रति शेयर आम्दानी घट्छ भन्ने त्रासमा चुक्ता पूँजी बढाउँन आनाकानी गरिरहेका बाणिज्य बैंकहरुलाई नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB)ले गतिलो जवाफ दिएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशले खुद नाफा बढाएर दुई अर्ब ५५ करोड नघाएको मात्रै छैन प्रति शेयर आम्दानीमा समेत उल्लेखनीय बढोत्तरी गरेर देखाएको छ ।


गत बर्ष उल्लेखनीय रुपमा बोनस शेयर र १० प्रतिशत एफपीओ जारी गरेर चुक्ता पूँजी बढाएको ईन्भेष्टमेन्ट बैंकले प्रतिकुल अबस्थामा पनि ब्यापार बिस्तार गरी आम्दानी बढाएर खुद नाफामा ३० प्रतिशत बढोत्तरी गर्न सफल भएको देखिन्छ । खुद नाफामा भएको बृद्धि र एफपीओबाट आर्जन गरेको प्रिमियम रकम समेत जोड्दा उसको जगेडा कोषमा २०५ प्रतिशतले बृद्धि भई १० अर्ब ५५ करोड नाघेको छ । 

चुक्ता पूँजी अधिक, चुक्ता पूँजी भन्दा बढी जगेडा कोष, एक खर्ब ८ अर्ब निक्षेप संकलन गरी पर्याप्त परिचालनयोग्य रकम जम्मा पार्नु, निक्षेप भन्दा कर्जा बिस्तार बढी गर्नु, निस्क्रिय कर्जा प्रतिशतलाई घटाएर ०.६८ मा झार्नु लगायतका धेरै सकारात्मक कुराहरु उसले यसपटकको बित्तीय बिबरणमा पस्केको छ । धेरै चुक्ता पूँजी बढाएका कारणले अरु बाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी घटेको देखिए पनि नेपाल ईन्भेष्टमेन्ट बैंकको चाँही बढेको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको खुद नाफा मेरोलगानी डटकमले पूर्वआँकलन गरेकै हाराहारीमा आएको छ । 

चुक्ता पूँजी, जगेडा कोष र निक्षेप संकलनको हिसावले नेपाल ईन्भेष्टमेन्ट बैक निजि बैंकहरुमा अग्रणी सावित भएको छ ।

नेपालल राष्ट्र बैकले तोकेको चुक्ता पूँजी लगभग पुगिसकेको भए पनि एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभ्लपमेन्ट बैंकलाई किनेर आफुमा मिलाउने निर्णय उसले गरिसकेको छ । सक्षम, बलियो र जोखिम बहन गर्नसक्ने बैंकको शेयरमा दीर्घकालीन हिसावले लगानी गर्दा लगानी सुरक्षित हुन्छ भन्ने उदाहरण नेपाल ईन्भेष्टमेन्ट बैंकले प्रस्तुत गरेको छ । शेयरको भाऊ बढाएर आजको भोलि दोब्बर पैसा बनाउँछु भन्ने गलत सोच राख्नेहरुलाई भन्दा सुरक्षित लगानी गर्नेहरुलाई हालको शेयर मुल्य र अन्य आधारभुत अबस्थाको मूल्यांकन गर्दा नेपाल ईन्भेष्टमेन्ट बैंकको शेयर किन्नु (मूल्य नउचालिएको अबस्थामा) सुरक्षित लगानी हो । उसको आजको शेयर मुल्य र प्रति शेयर आम्दानीको आधारमा हेर्ने हो भने मूल्य आम्दानी अनुपात ३० गुणा भन्दा कम छ । बिगतका बर्षहरुमाा दिदै आएको लाभांश दर र प्रबृत्तिको मूल्यांकन गर्दा संचित जगेडा कोषबाटै उसले आगामी बर्षहरुमा पनि लगानीकर्ताको मुहार हंसिलो बनाउनसक्ने क्षमता राख्दछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।