सम्पति शुद्धिकरण अध्ययन समिति खारेज : धितोपत्र बोर्ड

Aug 08, 2016 merolgani

नेपाल धितोपत्रबोर्डले धितोपत्र बजारमा सम्पती शुद्धिकरण सम्बन्धी बिषयमा अध्ययन गर्न गठित समिति खारेज गरेको छ । एकैदिन ८८ अंकले बजार घटेपछि सोमबार दोस्रो पटक विज्ञप्ति जारी गर्दे बोर्डले सम्पति शुद्धिकरण सम्बन्धि बिषयमा छानवीन अनुसन्धान तथा कारबाहीमा बोर्डको संलग्नता नरहने प्रष्ट पारेको छ ।


बोर्डले गठन गरेको समितिका बिषयमा लगानीकर्तामा भ्रम सृजना हुन आएको समेत बताएको छ । धितोपत्रबोर्डले सम्पति शुद्धिकरण सम्बन्धि बिषयमा छानवीन अनुसन्धान तथा कारबाहीका लागि सम्पति शुद्धिकरण सम्बन्धि ऐन नियम तथा निर्देशिका बमोजिम गठित भएका निकायहरुले गर्ने प्रष्ट पारेको छ ।

बोर्डमा गठित समितिलेनै सो सम्बन्धि सबै काम गर्ने भन्ने खालको भ्रम लगानीकर्तामा पर्नगई त्यसको नकारात्मक प्रभाव बजारमा देखिएको भन्दै बोर्डले उक्त समिति खारेज गरेको जनाएको छ ।

यस्तो छ बोर्डको विज्ञप्ति

 धितोपत्र बोर्डले भन्यो - 'लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था छैन्', यस्तो छ बोर्डको विज्ञप्ती

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।