नविल बैंकको गजबको प्रगति,प्रतिशेयर आम्दानी ५९ रुपैयाँ बढी

Aug 12, 2016 merolagnai

नविल बैंक (NABIL) ले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आर्थिक बर्षमा २ अर्ब ९ करोड नाफा कमाएको बैंकको मुनाफा गतबर्षमा ७३ करोडले बढेको छ । जून अघिल्लो बर्षको तुलनामा करिब ३५ प्रतिशतले धेरै हो। खराबकर्जा घटाएको बैंकले प्रोभिजनमा जम्मा ५० लाख रुपैयाँ राखेको छ भने प्रतिशेयर आम्दानी झण्डै ६० रुपैयाँ पुर्याएको छ ।

 नबिल बैंकले गत आर्थिक बर्षमा कमाएको नाफा मेरोलगानीले गरेको आँकलन अनुसार मिल्दोजुल्दो नै रहेको छ । मेरो लगानीले दुई अर्ब ७० करोड रुपैयाँ भन्दा धेरै नाफा गर्ने आँकलन गरेको थियो । 

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । बैंकले यसअवधिमा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । अघिल्लो बर्षको तुलनामा बैंकको निक्षेप तथा कर्जा दुवै बढेको छ ।

बैंकले ६ अर्ब १७ करोड रुपैयाँ ब्याज आम्दानीबाटै कमाएको छ । जबकी ब्याजखर्च एक अर्ब ८२ करोड रहेको छ ।
खराब कर्जा घटाएर एक दशमलब १४ प्रतिशत झारेको बैंकले प्रोभिजनमा जम्मा ५० लाख रुपैयाँ राखेको छ भने गतबर्ष ५ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ रहेको छ । तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।