अब यसरी निर्धारण हुनेछ एफपिओको मूल्य,सूचिकृत कम्पनीको एउटै मापदण्ड

Aug 12, 2016 merolagani

नेपाल धितोपत्रबोर्डले सार्वजनिक निष्काशनगरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ । यो विधी कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।



बोर्डले एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु सिफारीश गर्न गठन गरेको समितको प्रतिवेदनका आधारमा मूल्य निर्धारण विधि तयार पारेको हो । अब एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिनेछ ।

विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ ।

सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणनागरि मूल्य निर्धारण गर्नुपर्नेछ ।

साथै सूचिकृत संगठित संस्थाले एफपिओ निष्कासनको लागि साधारणसभाबाट अनुमोदन भएको चार महिनाभित्रमा बोर्डमा आवेदन दिई सक्नुपर्नेछ । त्यसैगरि सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधी बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने धितोपत्रबोर्डले जनाएको छ ।

 

 

यो विधि कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।

 

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।