स्टान्डर्ड चार्टर्डः नामले मात्रै अब काम चल्ने देखिएन, प्रति शेयर आम्दानी घट्याघट्यै...

Aug 14, 2016 Mero Lagani

बिदेशी लगानी र राम्रो छवि भएको बैंक भनेर तपाइँले स्टान्डर्ड चार्टर्ड बैंक (SCB) को शेयरमा ढुक्कले लगानी गर्नुभएको छ भने एकपटक सोच्नुपर्ने बेला आएको छ । अरु बाणिज्य बैंकले खुद नाफा बढाएर प्रति शेयर आम्दानी पनि उल्लेखनीय रुपमा बढाईरहेको बेला स्टान्डर्ड चार्टर्डको चाँही किन ह्वात्तै घटेको छ ?

स्टान्डर्ड चार्टर्डले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड खुद नाफा गरेकोमा गत बर्ष जम्मा एक अर्ब २६ करोड मात्र कमायो । खुद नाफा घट्नु र गत बर्ष दिएको बोनस शेयर थपिदा पूँजी बढेकाले प्रतिशेयर आम्दानी पनि ५७ बाट ४५ रुपैयाँमा झरेको छ ।

ब्याज आम्दानी र संचालन मुनाफामै गिरावट आएपछि स्टान्डर्ड चार्टर्डले आफ्नो बिराशत थाम्ने गरी प्रगति बिबरण पस्कन नसकेको देखिएको छ । बिदेशी मुद्राको कारोबारबाट त राम्रो गर्यो होला नि भन्नुहोला, त्यसमा पनि आशलाग्दो प्रगति छैन । निस्क्रिय कर्जा अनुपात सामान्य रुपमा घटाएर जोखिम कोषमा राखेको रकम ल्याएर नाफामा जोडे पनि कोषमा झन् धेरै रकम राख्नु परेको छ ।

बैंकले निक्षेप घटाएको छ तर कर्जा बिस्तार निकै मन्द छ । दुई अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तय गरेको ८ अर्ब चुक्ता पूँजी कायम गर्न आनाकानी गरेर गत बर्ष नगद लाभांश लाभांश समेत बाँडेको बैंकले अब हकप्रद जारी गर्नु एउटा बिकल्प बाँकी छ । चुक्ता पूँजी कम हुँदा नै प्रति शेयर आम्दानी खुम्चदै गएको बैंकको यसै बर्ष चुक्ता पूँजी ८ अर्ब भएमा प्रति शेयर आम्दानी कति तल झर्ला सहजै अनुमान गर्न सकिन्छ ।

मूल्य आम्दानी अनुपात नै ८० गुणा भन्दा बढी रहेको कम्पनीलाई किन प्रति कित्ता तीन हजार भन्दा बढी मूल्य हालेर शेयर किन्ने भन्ने प्रश्न लगानीकर्ताहरुको सामु खडा भएको छ । उसले शतप्रतिशत बोनस र तीन गुणा बढी हकप्रद दिने घोषणा गर्यो भने पनि शेयर किन्नुअघि लगानीकर्ताले सोच्नैपर्ने बेला आएको छ । मूल्य उचालिएर शेयर किन्दा त झन् खतरा ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।