प्रतिशेयर आम्दानी एक सय एकतीस रुपैंया भएको वित्तीय विबरण प्रकाशित गर्ने कम्पनी कुन् होला ?

Aug 16, 2016 Mero Lagani

गत आर्थिक वर्षको अन्तिम अर्थात चौथो त्रैमासिक वित्तीय विबरण प्रकाशित गर्ने क्रममा एउटा बीमा कम्पनीले १ सय ३१ रुपैंया ६३ पैसा प्रतिशेयर आम्दानी भएको वित्तीय विबरण प्रकाशित गरेको छ । प्रतिकित्ता शेयर मूल्य १० हजार रुपैंयाभन्दा माथि रहेको कम्पनीले गत असार मसान्तसम्ममा गरेको व्यवशायका आधारमा यस्तो वित्तीय विबरण प्रकाशित गरेको हो ।

१२ करोड ४४ लाख ४० हजार रुपैंया चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले गत आर्थिक वर्षमा १६ करोड ३७ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा १७ करोड ९१ लख ९० हजार रुपैंया खुद नाफा कमाएको कम्पनीको गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैंयाले खुद नाफामा गिरावट आएको हो ।

 

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७१ लख ५२ हजार रुपैंयाको जगेडा कोष अहिले ५० करोडले बढेर १ अर्ब ८१ करोड ८८ लाख ६५ हजार रुपैंयाको भएको छ । जीवन बीमा कोषमा ९५ करोड ८३ लाख ३५ हजार रुपैंया मात्र सञ्चित रहेको कम्पनीको व्यवस्थापन खर्च, अन्य खर्च बढ्नुका सार्थै अन्य आम्दानी शुन्यमा झरेका कारण खुद नाफा प्रभावित भएको हो ।

२६ करोड ७५ लाख ३९ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले ११ करोड ७३ लाख ४५ हजार रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । प्रतिशेयर नेटवर्थ २ हजार ३ सय ३१ रुपैंया ७७ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ५८ दशमलव ८४ गुणा रहेको छ भने तरलता अनुपात ३ दशमलव ४१ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।