बीमा समितिले जारी गर्यो बीमकको संस्थागत सुशासन सम्बन्धि नयाँ निर्देशीका,के के भयो फेरबदल ?

Aug 17, 2016 merolagani

बीमा समितिले संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७३ जारी गरेको छ । समितिले यस सम्बन्धी पुरानो निर्देशीका २०६९ लाई खारेज गर्दै नयाँ निर्देशीका जारी गरेको हो । समितिले जारी गरेको नयाँ निर्देशीकाले प्रमुख कार्यकारी नियुक्तिदेखि संचालक नियुक्तीसम्मको व्यवस्थालाई हेरेफेर गरेको छ । प्रमुख कार्यकारी नियुक्तिमा केही लचिलो देखिएको नयाँ व्यवस्थाले संचालकलाई भने कडाई गरेको छ ।

प्रमुख कार्यकारी नियुक्तिको व्यवस्थालाई केही खुकुलो

नयाँ निर्देशीका अनुसार बीमा क्षेत्रको व्यवस्थापन तहमा ५ बर्ष काम गरेको व्यक्ति पनि प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्था गरिएको छ । यस अघि बीमा क्षेत्रको व्यवस्थापन तहमा १० बर्ष काम गरेको ब्यक्ति मात्र प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्था रहेको थियो ।

नयाँ व्यवस्था अनुसार बीमा, ब्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरी बीमा क्षेत्रको व्यवस्थापन तहमा पाँच बर्ष काम गरका ब्यक्ति प्रमुख कार्यकारी हुन पाउने छन ।

साथै समितिले जारी गरेको नयाँ निर्देशनमा चार्टर्ड एकाउन्टेन्टलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बाटो खुला गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतको तलब

त्यसैगरी, निर्दे्शिकाले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब संस्थामा सबैभन्दा कम तलब खाने कर्मचारीको तलबभन्दा अधिकत्तम २५ गुणासम्म हुन सक्ने व्यवस्था गरेको छ । यसको लागि औचित्य पुष्टि गर्नुपर्ने हुन्छ । यसअघि यस्तो अन्तर १५ गुणासम्म हुनसक्ने व्यवस्था थियो ।  तर विदेशी लगानीमा सञ्चालतिल कम्पनीका कार्यकारी प्रमुखले भने १५ गुणाभन्दा बढी तलव सुविधा लिन पाउने छैनन । १५ गुणाभन्दा बढी तलव सुविधा दिनु पर्ने अवस्थामा कम्पनीले सीमा भन्दा बढी तलव मुख्य लगानीकर्ता कम्पनीले बेहोर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव अलग अलग हुनु पर्ने

समितिले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव अलग अलग हुनु पर्ने व्यवस्था पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृतले कम्पनीको कामले विदेश भ्रमण गर्नुपरेमा पनि सञ्चालक समितिको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी नियुक्त गर्नुपर्ने

त्यस्तै समितिले बीमा कम्पनीहरुले खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी नियुक्त गर्नु पर्ने व्यवस्था समेत गरेको छ । अधिकृत तहमा स्नातक गरेका ब्यक्तिहरु मात्र राख्न पाइनेछ । उनीहरुको वढुवा पनि गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

सञ्चालकको शैक्षिक योग्यता तोकियो

समितले बीमा कम्पनीहरुको सञ्चालक हुन न्यूनतम स्नातक तह उत्तिर्ण गरेको ब्यक्ति मात्र योग्य हुने व्यवस्था गरेको छ । नयाँ निर्देशीका अनुसार दुई कार्यकाल मात्र संचालक हुन पाइनेछ । चार वर्ष अवधिको एक कार्यकाल रहने सञ्चालकले अब दोस्रो पटक पनि सञ्चालक बन्न पाउँने छन् ।

 

- [निर्देशिकाको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।]

 डीभी र पीआरधारी अयोग्य

विदेशी मुलुकको स्थायी आवासीय अनुमति, डीभी, पीआर पाएका व्यक्ति बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य हुने भएका छन् ।

सरकारलाई कर चुक्ता गर्न बाँकी देखिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक हुन अयोग्य बनाइएको छ । एकाघर परिवारका एक भन्दा बढी व्यक्ति सञ्चालक बन्न पाउने छैनन् । धितोपत्र व्यवसायमा संलग्न व्यक्ति पनि बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।

सल्लाहकार राख्न परेमा बीमा समितिको अनुमति

दैनिक प्रशासनिक तथा व्यवस्थापकीय काम गर्नको लागि सल्लाकार राख्न नपाइने व्यवस्था गरिएको छ । सल्लाहकार राख्ने परेमा बीमा समितिको अनुमति लिनु पर्नेछ ।

सञ्चालकले पाउने भत्ताका बारेमा पनि मापदण्ड

साथै समितिले सञ्चालकले पाउने भत्ताका बारेमा पनि मापदण्ड तोकेकोे छ । कम्पनीको कार्य सञ्चलान, कारोबार, ब्यवसायिक योजना, नेटवर्थ, दावी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, ब्यवस्थापन खर्च, मुल्यबृद्धि दरलाई आधार मानेर मात्र भत्ता तोक्न पाइने छ ।

सञ्चालकहरुको एकाघर परिवारको स्वामित्वमा रहेको वा उनीहरुको फर्म, कम्पनीसंग घर भाडामा लिएर कारोबार गर्न बन्देज लगाएको छ । सञ्चालकले पद छाडेको एक वर्षसम्म सोही संस्थाको शेयर, डिवेञ्चर किनबेच गर्न पाउने छैनन भने सञ्चालकको पद खाली भएमा ३५ दिन भित्र नयाँ नियुक्ति हुनु पर्ने व्यवस्था गरेको छ ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।