शेयर कारोबारका दौरान समस्या भोग्नु भएको छ ? धितोपत्र बोर्डको हटलाइन १६६००१४४४३३ मा सिधै फोन गर्नुस्

Aug 21, 2016 Mero Lagani

- हटलाइन सुरु गरेको बोर्डले सरोकारवालालाई दियो यस्तो निर्देशन
धितोपत्रबोर्डले लगानीकर्ताहरुलाई छिटो छरितो रुपमा डिम्याट सम्बन्धी सेवा प्रदानका लागि निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई नौ बुँदे निर्देशन जारी गरेको छ । साथै बोर्डले धितोपत्रको अभौतिकीकरण, राफसाफ तथा फस्र्यौट सम्बन्धी कार्यमा कुनै ढिलाई भएमा वा तोकिएको दिनसम्म निदेर्शन अनुसार काम नभएमा लगानीकर्ताको गुनासो हटलाइन मार्फत लिने व्यवस्था समेत मिलाएको छ ।

धितोपत्र वजारमा २०७२ माघदेखि पूर्णरुपमा अभौतिकीकरण लागू भैसकेको तथा प्राथमिक निष्काशनको लागि २०७३ श्रावणदेखि काठमाडौं उपत्यकाभित्र र २०७३ माघदेखि उपत्यका बाहिरको लागि हितग्राही खाता अनिवार्य गरिए पश्चात धेरै लगानीकर्ताहरुले हितग्राही खाता खोलीसकेको भएता पनि लगानीकर्ताहरुबाट डिम्याट खाता खोल्न अझै लामो समय लाग्ने गरेकोे, Debit Instruction Slip (DIS)  ढिलो गरी प्राप्त हुने गरेको, बोनस शेयर तथा हकप्रद शेयर हितग्राही खातामा ढिलो जम्मा हुने गरेको, निक्षेप सदस्यको कार्य गर्ने बैंकका शाखाहरुले सेवा प्रदान गर्न ढिला/इन्कार गर्ने गरेको तथा हितग्राही खातामा शेयर हस्तान्तरण नगरेको लगायतका गुनासाहरु प्राप्त भइरहेकोले लगानीकर्ताहरुलाई छिटो छरितो रुपमा डिम्याट सम्बन्धी सेवा प्रदानकालागि बोर्डले देहाय अनुसारको कार्य गर्न गराउन निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई निर्देशन जारी गरेको छ ।

साथै धितोपत्रको अभौतिकीकरण, राफसाफ तथा फस्र्यौट सम्बन्धी कार्यमा कुनै ढिलाई भएमा वा तल तोकिएको दिनसम्म पनि सम्वन्धित काम नभएमा बोर्डको हटलाइन १६६०–०१–४४४३३ मा गुनासो दिन सक्ने व्यवस्था समेत गरिएको छ ।

यसबाट धितोपत्र कारोवार तथा राफसाफ प्रक्रिया छिटो छरितो, लगानीकर्ता मैत्रि हुने तथा धितोपत्र वजार प्रति लगानीकर्ताको थप विश्वास वढ्न गई समग्र पुँजी वजारको समयानुकुल बिकास र सुगमता आउने बोर्डको विश्वास रहेको छ ः

१. हितग्राही खाता खोल्न तोकिए अनुरुप निवेदन प्राप्त भएको बढीमा ३ कार्यदिनभित्र हितग्राही खाता खोली DIS समेत उपलब्ध गर्ने/गराउने व्यवस्था गर्ने ।

२. निक्षेप सदस्यले हितग्राहीबाट तोकिए अनुरुप अभौतिकीकरण गर्न प्राप्त निवेदन सम्पूर्ण प्रकृया पूरा गरी बढीमा ७ कार्य दिनभित्र हितग्राहीबाट प्राप्त निवेदन तथा कागजात सम्बन्धित संगठित संस्था वा शेयर रजिष्ट्रार समक्ष अनिवार्य रुपमा पठाउने व्यवस्था गर्ने÷गराउने ।

३. बुँदा नं. २ अनुरुप निक्षेप सदस्यबाट प्राप्त भएको निवेदन नियमानुसार बढीमा ३ कार्यदिन भित्र जाँचबुझ गरी अभौतिकीकरण गर्न योग्य भएमा अभौतिकीकरणका लागि स्वीकृत गरी सोको जानकारी निक्षेप सदस्यलाई अनिवार्य रुपमा दिने व्यवस्था गर्ने/गराउने ।

४. निक्षेप सदस्यको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोवार गर्ने लगानीकर्तालाई आफ्नै संस्थामा हितग्राही खाता खोल्न अनिवार्य नगर्ने/नगराउने ।

५. निक्षेप सदस्यको रुपमा रहेका बैंक तथा वित्तीय संस्थाले हितग्राही खाता खोल्नु पूर्व आर्थिक कारोवारको लागि लगानीकर्तालाई आफ्नै बैंक वा कुनै निश्चित बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोल्न अनिवार्य नगर्ने/नगराउने ।

६. ग्राहकको हितग्राही खाताको Users ID/ Password  जस्ता महत्वपूर्ण सूचना तथा विवरण सम्बन्धित ब्यक्ति/शेयरधनी बाहेक अन्य ब्यक्तिलाई उपलब्ध नगर्ने/नगराउने व्यवस्था गर्ने ।

७. हितग्राहीको एउटा निक्षेप सदस्यमा रहेको खाताबाट अर्को निक्षेप सदस्यमा रहेको सोही हितग्राहीको खातामा निजकोे अनुरोधमा शेयर हस्तान्तरण (Transfer) गर्ने/गराउने व्यवस्था गर्ने ।

८. निक्षेप सदस्यको अनुमतिपत्र प्राप्त गरेका बैंकको तोकिएको शाखाहरुवाट विना शर्त हितग्राहीहरुलाई सेवा प्रदान गर्ने व्यवस्था गर्ने/गराउने ।

९. शेयर रजिष्ट्रारले हितग्राही खाता उपलब्ध भएका शेयरधनीहरुको हकमा सूचिकृत संगठित संस्थाहरुको बोनस तथा हकप्रद शेयर धितोपत्र बजारमा सूचिकरण भएको तीन कार्यदिन भित्र हितग्राही खातामा जम्मा गर्ने व्यवस्था गर्ने/गराउने ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।