राष्ट् बैंकले माग्यो थोक कर्जा प्रदान गर्ने लघुवित्तको पूँजी योजना, भदौ मसान्तसम्म बुझाउनुपर्ने

Aug 24, 2016 merolagani

नेपाल राष्ट् बैंकले राष्ट्यिस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ । राष्ट् बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्यिस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो ।



केन्द्रिय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजीवृद्धि योजना बमोजिम ०७३ भदौ मसान्तभित्र योजना पेश गर्न भनेको छ । जसमा ०७४/०७५ को बोनश शेयरलाई समेत गणना गर्न पाइने राष्ट् बैंकले जनाएको छ ।

साथै केन्द्रिय बैंकले ०७५ असारमसान्तभित्र तोकिएको पूँजी नपुर्याउने यस्ता संस्थाको नगद लाभांश तथा बोनश घोषणा,थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने प्रष्ट पारेको छ ।

साथै राष्ट् बैंकले राष्ट् बैंकमा पूँजीयोजना बुझाएपछि सम्बन्धीत कम्पनीले सर्वसाधारणको जानकारीका लागि आ आफ्नो वेभसाइट मार्फत पूँजी योजना सार्वजनिक गर्न समेत निर्देशन दिएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।