बिमा कम्पनीहरुको वास्तबिक अबस्थाबारे थाहा पाउनु भयो ? लौ हेर्नुस् तथ्य बिबरणः

Aug 26, 2016 Merolagani

तिलक कोइराला परमेश्वर अधिकारी 

भाद्र ८ गते बुधबार शेयर बजारमा तेजी आएपछि फेरि लगानीकर्ताहरुमा उत्साहको वातावरण बनेको छ । नेप्से लगातार घटेर लगानीकर्ताहरुलाई अत्याउने गरी हल्ला चलाईएको बेला बुधबार बजारले छलाड. मारेपछि लगानीकर्तामा केही आत्मबिस्वास बढेको छ ।  तर निर्जिवन बिमा कम्पनीहरुको शेयर मूल्यमा उत्साहजनक चढाव देखिदा त्यस्ता कम्पनीहरुको वास्तविक अबस्था चाँही कस्तो छ त भन्ने चासो पनि लगानीकर्तामा बढ्नु स्वभाविक छ । 

कारोबार बिस्तारको अबस्था हेर्नुहोस्ः 

 

 

गत बर्षको कमाईको तुलनात्मक अध्ययन हेर्नुहोस्ः 

 

 

चुक्ता पूँजी, प्रतिशेयर आम्दानी र नेटवर्थ पनि तौलनुहोस्ः 

 

 

जति धेरै प्रति शेयर आम्दानी, उति धेरै प्रतिशत बोनस शेयर पाउने संभावना हुन्छ तर यसलाई अरु जगेडा कोषहरुमा रहेको रकम, बिमा दावी भुक्तानी बाँकीको अबस्था र बिमा समितिको कारबाहीमा परे नपरेको कुरासँग पनि दाँजेर हेर्नु उत्तिकै आबश्यक छ । कारबाही भोगिरहेको कम्पनीले जत्ति कमाए पनि बाड्न पाउँदैन । 

निर्जिबन बिमा कम्पनीहरुले बाध्य भएर प्रस्ताव गर्ने हकप्रद र पूँजी बृद्धिका अरु विकल्पहरुले पनि लगानीकर्ताको ध्यान तान्न थालिसकेको छ । 

 

यसभन्दा पहिले कति लाभांश बाँडेको रहेछ त्यो पनि हेर्नुहोस्ः 

गत भनेको आर्थिक बर्ष २०७१,०७२ र अघिल्लो भन्नाले २०७०,०७१ हो । लाभांश दर बढाउँदै ल्याएको रहेछ भने राम्रो, दिदै दिएको छैन वा घटाउँदै लगेको छ भने विचार गर्नुपर्ने पक्ष हो ।  

 

अब शेयर मूल्य कति महंगो छ तौलनुहोस्ः

 

जति धेरै मूल्य आम्दानी अनुपात उति खतरा, जति कम उति राम्रो

 

नेपालको बिमा बजार अरु फैलिदै जाने कुरा गत बर्षको भुकम्पपछि बिमा कम्पनीहरुले फैलाएको कारोबार, जनस्तरमा बढ्दो बिमा चेतना, बिमा मैत्री सरकारी नीतिले संकेत गरेको छ र अर्थतन्त्रको बिस्तार हुँदा यस क्षेत्रका कम्पनीहरुको बिकास र बिस्तारको  संभावना छ । कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ता स्वयंको अध्ययन र निर्णयमा आधारित हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो । 

स्पष्टिकरणः जीवन बिमा कम्पनीहरुको वास्तविक खुद नाफा बिमांकीय मूल्यांकनपछि मात्र थाहा हुने हुँदा यहाँ निजिर्बनको मात्र समाबेश गरिएको हो । 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।