लक्ष्मी लघुवित्तले पायो शतप्रतिशत हकप्रद निष्काशनको स्वीकृति, एक वर्षमा कति बढ्यो शेयर मुल्य ?

Aug 30, 2016 Mero Lagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै बजारमा लघुवित्तको शेयर मुल्य उछालिएको छ । यस क्रममा मंगलबार मात्रै लघुवित्तको शेयर मुल्य २ सय रुपैंया भन्दा बढीले उकालो लागेको छ ।

११ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले गत वर्ष नै हकप्रद निष्काशन गर्ने तयारी सुरु गरेको थियो । यस अवधिमा लघुवित्तको प्रतिकित्ता शेयर मुल्य १ हजार रुपैंयाबाट ३ हजार २ सय रुपैंया पुगेको छ । हकप्रद निष्काशन हुने आशमा निरन्तर शेयर मुल्य माथि चढेको कम्पनीको १ वर्षको शेयर कारोबारको उतारचढाव यस्तो देखिन्छ ।

 

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ । मंगलबार २ बजे भएको शेयर कारोबारका आधारमा प्रतिकित्ता शेयरमुल्य ३ हजार २ सय ३० रुपैंया रहेको छ । यसलाई आधार बनाउँदा लघुवित्तको प्रतिकित्ता शेयरको मुल्य आम्दानी अनुपात ५६ दशमलव ८९ गुणा बढी हुन आउँछ ।

[गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले कस्तो गरे प्रगती ? (तथ्यांक सहित)]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।