एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड १ ले कति प्रस्ताव गर्यो लाभांस ?

Sep 09, 2016 Mero Lagani

सामुहिक लगानी कोष एनएमबी म्युचुअल फण्ड अन्तरगतको एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड वान (NMBSF1) ले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले सञ्चालन गरेको म्युचुअल फण्डको पहिलो योजना एनएमबी सुलभ इन्भेष्टमेण्ड फण्ड १ हो । ७५ करोड रुपैंयाको यो कोषले लगानीकर्तामा ७ करोड ५० लाख इकाईहरु बिक्रि गरेको छ । १० रुपैंया अकिंत मूल्य रहेको योजनाका इकाईको हालको बजार मूल्य १६ रुपैंया २६ पैसा रहेको छ । फण्डले गत साउन मसान्तमा ७४ कम्पनीको शेयरमा लगानी गरेको थियो ।

२०७१ साल भदौ पहिलो साताबाट पहिलो योजना सञ्चालनमा ल्याएको क्यापिटलले केही दिन अघि मात्र दोस्रो योजना सञ्चालनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । एनएमबि हाईब्रिड फण्ड एल एक नाम दिएको बन्दमुखि सात बर्षे यस योजनाका आठ करोड इकाई भदौ २६ गतेदेखि सर्वसाधारणलाई बिक्री गरिनेछ ।

[एनएमबि क्यापिटलले ल्यायो दोस्रो सामुहिक लगानीकोष योजना,असी करोडको इकाई भदौ २६ गतेबाट बिक्री खुला]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।