बोनश र हकप्रद पारित गर्न एनआईसी एशियाको असोज १८ गते साधारणसभा,कहिले हुँदैछ बुक क्लोज ?

Sep 12, 2016 merolagani

एनआईसी एशिया बैंक (NICA) ले आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनशपछि १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले आगामी असोज १८ गते बार्षिक साधारणसभा बोलाउने निर्णय समेत गरेको छ ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गर्न बैंकले असोज १८ गते बार्षिकसाधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि असोज ५ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने समेत बैंकले जनाएको छ ।

बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लैजादैछ । जसका लागि पनि उसले राष्ट्र बैंकबाट अनुमति पाएको छ ।

अब बैंकले प्रस्ताव गरेको लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

हाल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको २६ प्रतिशत वोनस शेयर दिएपछि पूँजी ५ अर्ब ७६ करोड ५० लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । वोनस वितरणपछिको पूँजीमा बैंकले १५ प्रतिशत हकप्रद शेयर दिने छ । हकप्रदपछि पुँजी ६ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

अघिल्लो बर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र २५ प्रतिशत हकप्रद जारी गरेको थियो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।