नबिलको साधारणसभा असोज १८ मा,कहिलेसम्म शेयर किन्दा बोनस पाईन्छ ?

Sep 13, 2016 merolagani

नबिल बैंक लिमिटेड (NABIL) ले असोज १८ गते ३२ औं बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाले बैंकले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । साधारणसभा प्रयोजनका लागि असोज ५ गतेदेखि १८ गतेसम्म  शेयर दाखिला खारेज किताब बन्द हुने बैंकले जनाएको छ ।



बैंकले प्रस्ताव गरेको लाभांश पाउन असोज ४ गतेसम्म बैंकको शेयर खरिद गरिसक्नुपर्नेछ । असोज ४ गतेपछि शेयर किन्नेहरुले बैंकको लाभांश पाउने छैनन् ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश गरी ४५ प्रतिशत लाभांश गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि बैंकका शेयरधनीलाई लाभांश वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

३० प्रतिशत बोनश बाँडेपछि बैंकको चुक्तापूँजी ६ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ र्पुयाउनु पर्ने हुन्छ ।
८ अर्ब र्पुयाउन चुक्ता पुँजी बैंकले अर्को बर्ष पनि ३० प्रतिशत वोनस शेयर दिए पुग्नेछ ।

नबिलको साधारणसभामा ख वर्गका संस्थापकहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।