गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद जारी गर्न बोलायो साधारणसभा

Sep 15, 2016 Merolagani

गुडविल फाईनान्स(GFCL)ले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस शेयर बितरण गर्ने र त्यसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गराउन असोज २० गते बाईसौ साधारणसभा बोलाएको छ ।

भदौ २९ मा बसेको कम्पनीको संचालक समिति बैठकले ३६ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजीमा २५ प्रतिशत अर्थात ९ करोड ७ लाख रुपैयाँ बोनस बापत थपेर ४५ करोड पुर्याउने र त्यसको ६० प्रतिशतले हुने सेयर हकप्रद वापत जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आफै पूँजी थपेर फाइृनान्स कम्पनीमा कायम रहने सोच बनाए पनि प्राप्ति र गाभ्ने, गााभिने विकल्प पनि अघि सार्दै साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।