सिन्धु विकास बैंकले बोनसपछि ८० प्रतिशत हकप्रद जारी गर्ने,यस्तो छ ५० करोड पुर्याउने योजना

Sep 16, 2016 merolagani



सिन्धु विकास बैंक (SINDU) ले लगानीकर्तालाई १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले गत असार २३ मा  मात्रै शतप्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले पूँजी वृद्धिका लागि उक्त हकप्रद दिन लागेको हो ।

नियामक निकायले निष्काशनको लागि अनुमति दिएपछि बैंकले हकप्रद जारी गर्नेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमलब ८ प्रतिशत बोनस शेयर पूँजीकरण भएपश्चात ८० प्रतिशत हकप्रद जारी गर्ने प्रष्ट पारेको छ । 

हाल बैंकको १२ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिन्धु विकासको हालै जारी गरेको शतप्रतिशत हकप्रद समायोजन गर्दा चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पूग्छ । त्यसमा प्रस्तावित बोनश जोड्दा २८ करोडको हाराहारीमा पूँँजी पुग्नेछ । त्यसपछि जारी ८० प्रतिशत हकप्रद पूँजी जारी गरेपछि बैंकको पूँजी ५० करोड रुपैयाँ नाघ्नेछ ।

 

सिन्धुपाल्चोकमा मुख्य कार्यालय रहेको तीन जिल्ले विकास बैंकले गत असार मसान्तसम्ममा २ करोड ७२ लाख ४४ हजार रुपैंया खुद नाफा कमाएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार तीनजिल्ले विकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

प्रतिशेयर आम्दानी २२ रुपैंया ५३ पैसा बनाएको बैंकको प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैंया ७१ पैसा, मुल्य आम्दानी अनुपात २५ दशमलव ७४ गुणा र तरलता अनुपात ३४ दशमलव ५४ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।