आयो नबिलको दोस्रो सामुहिक लगानी कोष योजना,एक अर्बको नबिल इक्विटी फण्डमा कति लगानी गर्ने ?

Sep 18, 2016 Merolagani

एनएमबी क्यापिटलले असी करोडको सामुहिक लगानी कोष योजनाको बिक्री बन्द गरेको पर्सीपल्ट नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडले एक अर्बको अर्को सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आईतबारदेखि आबेदन खुलेको हो ।

प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् । सर्वसाधारण लगानीकर्ताले एक करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्नसक्ने छन् । बढी आबेदन परेको खण्डमा असोज ६ गते नै यसको बिक्री बन्द हुने छ भने ढिलोमा असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सर्बसाधारणले नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडको कार्यालय नारायणचौरबाट आबेदन पत्र प्राप्त गरी बुझाउनसक्ने छन् ।

आबेदकले ५० हजार रुपैयाँसम्म नगदै र त्यो भन्दा बढी चेकबाट बुझाउनु पर्ने, डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ । ईकाई नपरेको पैसा फिर्ता बैंक खातामा सिधै पठाईने उल्लेख भएकाले यस पटक लगानीकर्ताले आबेदन गर्दा लाममा बस्नु परे पनि पैसा फिर्ता पाउन र शेयर प्रमाण पत्र लिन झंझटको सामना गर्नु नपर्ने भएको छ ।

 

नबिलको यो दोस्रो योजना हो । यसअघि नबिल ब्यालेन्स फण्ड १ जारी गरी अधिकांश रकम शेयर बजारमा परिचालन गरिरहेको छ । यस योजनाको पनि अधिकांश रकम शेयर बजारमै परिचालन हुने स्पष्ट पारिएको छ ।
शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । ईकाईधनीले ईकाईको अबधि सकिएपछि नाफासहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिने छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।