सानिमा बैंकले निकै छिटो सुचिकृत गर्यो हकप्रद सेयर, प्रबिधिको कमाल

Sep 18, 2016 Merolagani
0
0



सेयर बजार आधुनिकीकरण भएपछि के हुँदो रहेछ भन्ने कुरा लगानीकर्ताले प्रत्यक्ष अनुभुति गर्न थालेका छन् । झण्डै डेढ महिना अघि अर्थात साउन १६ गतेसम्म सानिमा बैंक(SANIMA)का लगानीकर्ताहरुले हकप्रदको आबेदन भर्दै थिए तर असोज २ गते पुग्दा नपुग्दै हकप्रद सेयर सुचिकृत भईसकेको छ । प्रबिधिको कमालले गर्दा हकप्रद किनेको डेढ महिनामै लगानीकर्ताले आफ्नो खातामा सेयर पाएका छन् ।

यसअघि नेपालको सेयर बजार अभौतिकीकरण नहुँदा हकप्रद र बोनस सेयरको प्रमाण पत्र छापिन, त्यो बितरण, सुचिकृत हुन र हस्ताक्षर प्रमाणित गराई बिक्रीमा आउन महिनौ लाग्ने गरेको थियो । मान्छेले गर्ने काम प्रबिधिले गर्न थालेपछि एकै महिनामा हकप्रद सुचिकृत भएर बिक्रीमा आउने अबस्थाले गर्दा लगानीकर्तालाई धेरै राहत पुगेको छ । सानिमाले एक करोड ६८ लाख कित्ता सेयर जारी गरेकोमा एक करोड ५१ लाख ३२ हजार नौ सय आठ कित्ता सेयरधनीले खरिद गरेका थिए, त्यो आईतबार सीडीएससीमा सुचिकृत भएको छ । 

अबको केही दिन भित्रमा सानिमाका लगानीकर्ताहरुले हकप्रद वापत आएको सेयर बेच्न वा बैंक, बित्तिय संस्थामा धितो राखेर कर्जा लिनसक्ने छन् । यदि नेपालको सेयर बजार अभौतिकीकरण नभएको भए हकप्रद सेयर बेच्न र धितो राख्न अनेक झंझटको सामना गर्नु र महिनौ कुर्नु पर्दथ्यो । अहिले न त प्रमाणपत्र खोज्दै जानुपर्ने झंझट, न त हस्ताक्षर प्रमाणिकरणको लफडा नै ब्यहोर्नु पर्ने अबस्था । अभौतिक सेयर खातामा आफ्नो सेयर आयो कि आएन भनेर जाँच्न चाँही जान्नु पर्यो ।

बाणिज्य बैंकहरुमा सबैभन्दा कम निस्क्रिय कर्जा कायम गर्न सफल सानिमाले क्रमबद्ध प्रगति गर्दै जाँदा उसका लगानीकर्ताकर्ताहरु फाईदामा छन् । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत बोनस दिएकोले त्यसबाट हकप्रद भर्ने लगानीकर्ताहरु पनि लाभांन्वित भएका छन् ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।