बजारमा थपियो ८ कम्पनीको सवा २ करोड कित्ता शेयर

Sep 18, 2016 merolagani



नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद शेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक,दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख किक्ता शेयर थपिएको हो।

यसदिन सानिमा बैंकको सानिमा बैंकको १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

त्यस्तै काक्रेविहार विकास बैंकको ५६ हजार ९ सय २५ कित्ता बोनस र १ लाख ७२ हजार ५ सय कित्ता हकप्रद शेयर थपिएको छ । मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार २ सय ५० कित्ता बोनस शेयर थप भएको छ भने प्रोफेसनल दियालो विकास बैंकको २ लाख ३ हजार ५ सय कित्ता बोनस शेयर थपिएको छ। 

यसैगरी नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता बोनस शेयर र प्रुरुडेन्सियल इन्स्योरेन्सको ३ लाख २४ हजार कित्ता बोनस थपिएको छ।

लुम्बिनी फाइनान्स एण्ड लिजिङको ७ लाख ३५ हजार २ सय ४४ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

आइतबार नै शेयरबजारमा रिलायबल डेभलपमेन्ट बैंकको १३ लाख ५५ हजार कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ त्यस्तै कास्की फाइनान्स्को ३ लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको पनि ४ लाख ४३ हजार कित्ता संस्थापक शेयर साधारणमा रुपान्तर भएको छ । । यो सँगै यीन तीनै कम्पनीको संस्थापक र साधारण शेयरको अनुपात ४९: ५१ कायम गरिएको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।