कृषि बिकास बैंकको ५० प्रतिशत हकप्रदका लागि असोज १० गते सेयरधनी दर्ता किताब बन्द

Sep 19, 2016 Merolagani

कृषि बिकास बैंक (ADBL) ले ५० प्रतिशत हकप्रद जारी गर्ने सिलसिलामा असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । कृषि बिकास बैंकको ५० प्रतिशत हकप्रद खरिद गर्न असोज ९ गतेसम्ममा सेयर किनिसक्नुपर्ने भएको छ ।

धितोपत्र बोर्डबाट आईतबार हकप्रद निश्काशनको स्वीकृति पाएपछि बैंकले सोही दिन संचालक समितिको बैठक राखी सेयरधनी दर्ता किताब बन्दको मिति तय गरेको जनाईएको छ ।

बैंकले हकप्रद बिक्री गर्ने दिन भने तोकिसकेको छैन ।

कृषि बिकास बैंकले भाद्र २१ गते धितोपत्र बोर्डमा हकप्रद निश्काशनका लागि आबेदन दिएको थियो । बोर्डले भने कृषि बिकास बैंकले निश्काशनको स्वीकृति पाईसकेको कुरा यो समाचार तयार पार्दासम्म आफ्नो वेभसाईटमा जनाईसकेको छैन । कृषि बिकास बैंक भन्दा अगाडि बोर्डमा आबेदन दिएका जनता बैंक र माछापुच्छ्रे्रले भने स्वीकृति पाउन बाँकी नै रहेको देखिएको छ । 

 

गत आर्थिक बर्षमा बैंकले दुई अर्ब ५७ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसा कायम भएको देखाएको छ ।  प्रति शेयर आम्दानी ५५ रुपैयाँ भन्दा माथि कायम गरेर बाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रति शेयर आम्दानी गर्ने मध्येमा तेस्रो भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीलाई ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुर्याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको भुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

कृषि बिकास बैंकको सम्पतिमा प्रतिफल २.२९ र ईक्विटीमा प्रतिफल १७.७८ प्रतिशत रहेका देखाईएको छ ।बैंकले अघिल्लो बर्षको तुलनामा निस्क्रिय कर्जा अनुपातलाई घटाएर ३.८५ प्रतिशतमा झारेको छ । प्रति शेयर नेटवर्थ ३०३ रुपैयाँ कायम भएको बैंकको पूँजी कोष १२.८४ प्रतिशत रहेको छ । यसपटक बैंकले चाहेमा गत बर्षको प्रति शेयर आम्दानीबाट ४० प्रतिशत भन्दा बढी बोनस शेयर बाड्नसक्ने क्षमता राख्दछ । बैंकले अघिल्लो आर्थिक बर्षमा १५ प्रतिशत बोनस शेयर दिएको थियो।

[कृषि बिकास बैंक यसरी बन्दैछ वाणिज्य बैंकहरुमा अब्बल]

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।