गुहेश्वरी मर्चेण्टको हकप्रद निश्काशन असोज २१ गतेदेखि

Sep 20, 2016 Merolagani

गुहेश्वरी मर्चेण्ट वैकिङ्ग एण्ड फाइनाइन्स(GMFIL)ले असोज २१ गतेदेखि ५० प्रतिशत निश्काशन गर्ने भएको छ । यो हकप्रद भदौ १८ गतेभित्रमा सेयर किनेर सेयरधनी दर्ता किताबमा नाम पारेकाहरुले हाल कायम सेयरको दुई कित्ता बराबर एक कित्ताका दरले नयाँ सेयर किन्न पाउनेछन् । गुहेश्वरीको हकप्रदको आबेदन बन्द भने कार्तिक २५ गते हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेकोमा १४ करोड ६८ लाख बराबरको हकप्रद निश्काशन भएपछि ४४ करोड ६ लाख पुग्नेछ । कम्पनीले ८० करोड चुक्ता पूँजी पुर्याउन फेरि हकप्रद, बोनस वा अन्य संस्थासँग मर्ज वा एक्विजिशनको बाटोमा जानुपर्नेछ ।

यस वित्तीय संस्थाको केन्द्रीय कार्यलाय ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय फाइृनान्सले अन्य चार स्थानबाट बित्तीय सेवा दिईरहेको छ ।

फाइृनान्सले गत आर्थिक बर्षमा ७ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी २३ रुपैयाँ कायम गरेको थियो ।

हकप्रद आबेदन प्राप्त गर्न बुझाउनका लागि एनआइृबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट र गुहेश्वरी मर्चेनटका शाखा कार्यालयहरु तोकिएका छन् । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।